August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठकमा पदाधिकारी र सदस्यहरुको रवैयाप्रति असन्तुष्टि राख्दै यस्तै सिलसिला जारी रहे भविष्यमा आफू उपस्थिति नहुने बताएका छन्। मंगलवार र बिहीवार दुई दिन विविधसहित २३ एजेण्डामा छलफल गर्न बसेको बैठकमा व्यवसायिक फुटबललाई चलायमान बनाउने भन्दा पनि प्रशासनिक र व्यक्तिगत […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप र थाई किङ्स कपमा भाग लिने भएको छ। थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म दुई च्याम्पियनसिपको आयोजना हुने बताइएको छ। टोली शुक्रवार त्यसतर्फ जाने नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगले जानकारी दिए। रोशन तामाङको कप्तानीमा टोलीमा चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- वाई वाई राष्ट्रिय यु१९ क्रिकेट प्रतियोगिता सेप्टेम्बर अक्टोबरमा कोशी प्रदेशमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बैठकले प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । डिसेम्बरको पहिलो साता बंगलादेशमा हुने यु१९ एसिया कप तथा अप्रिलमा नेपालमा नै आयोजना हुने यु१९ विश्वकपको एसियाली छनोटका प्रतियोगिताको तयारी स्वरुप […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिक्सिङ मुद्दामा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेटर आदिल आलमको फुकुवाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निर्देशन कुर्ने भएको छ । क्यानको विहीबार बसेको बोर्ड बैठकले संघको अनुशासन समितीले दिएको प्रतिवेदन क्यानको इन्टिग्रीटी समितीका संयोजकमार्फत आइसिसीको एन्टी करप्सन युनिटमा पठाई त्यहाँबाट प्राप्त निर्देशन अनुसार प्रकृया […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा ८ टोलीको सहभागिता रहने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बोर्ड बैठकले एनपिएलको पहिलो संस्करणमा ८ टोली सहभागी गराउने निर्णय गरेको छ । एनपिएलको टोली खरिदका लागि १६ संस्थाले आवेदन दिएका थिए । पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । क्यानको विहीबार बसेको बैठकले हरेक प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले बजेट […]
August 29, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आफ्ना सबै एसोसिएट सदस्य राष्ट्रबीचको हुने टि२० खेललाई सन् २०१८ मा टि२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो । त्यसपछि टि ट्वान्टी आईमा प्रतिस्पर्धी टोलीको संख्या १८ बाट बढेर १ सय ४ पुगेको थियो । यसबीचमा एसोसिएट टोलीले धेरै कीर्तिमानहरु तोडेका छन् । एसोसिएट राष्ट्र तथा क्रिकेटरहरुले पुरुष […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भरतसिंह महत पेरिस पारालिम्पिक्सको तेक्वान्दोको आफ्नो पहिलो खेलबाटै बाहिरिएका छन्। भरत बिहीवार जापानिज खेलाडी मित्सुया तानाकासँग पराजित भएका हुन्। पेरिसस्थित ग्रान्ड पेलेसमा तेक्वान्दोको के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत तानाकासँग १३-३ अंकले पराजित भएका हुन् । भरत पेरिस पारालिम्पिक्सको पहिलो चरणबाट बाहिरिए। एकपक्षीय खेलमा उनी एक समय १२-० ले पछि परिसकेका […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। भारतमा जारी अक्सनमा लिजेन्ड लिगमा बिहीवार गुजरातले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसलाई वेस प्राइसमा नै टिममा अनुबन्ध गर्न सफल भएको हो । पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेका हुन्। राष्ट्रिय टोलीमा कप्तान अरूणा शाही, प्रगति नाथ, सरस्वती […]