default_image

Featured

September 3, 2024

पुलिस र एपिएफले अंक बाडे

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीहरु नेपाल नेपाल पुलिस क्लब र नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा अंक बाडेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको दोस्रो खेलमा पुलिस र एपिएफले गोलरहित बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् । विभागीय डर्बीमा साविक विजेता समेत रहेको‌ एपिएफले धरै मौका सृजना गरेपनि सफलता मिलेन […]

September 3, 2024

पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक टेस्ट सिरिज

एजेन्सी – बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज ऐतिहासिक रुपमा जितेको छ । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटको‌ जित निकाल्दै सिरिज २-० ले आफ्नो पक्षमा‌ परेको हो । पहिलो टेस्ट पाहुना टोलीले १० विकेटले जितेको थियो । घरेलु टोलीले दिएको १ सय ८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम मंगलवार ४ विकेट गुमाएर पूरा […]

September 3, 2024

पारालिम्पिक्सकी पदक विजेता पलेशाको सम्मानमा नगरपरिक्रमा गराइने

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ। पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ । ८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक […]

September 3, 2024

नेपालको पहिलो अभ्यास खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट११ सँग खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ । टस समेत हुन नसकी खेल रद्द भएको हो । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंकामा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने भनिएको […]

September 3, 2024

चन्द्रपुर र कर्णालीले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले एन्फा महिला लिगमा बराबरी खेलेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको पहिलो खेलमा चन्द्रपुर र कर्णालीले १-१ को बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् । कर्णालीका लागि सातौं मिनेटमा सुनकला राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकि थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा रजनी […]

September 3, 2024

एजुकेशन प्लानेटलाई‌ सिएमसी कर्पोरेट कप उपाधि

चितवन(हाम्रो खेलकुद) – एजुकेशन प्लानेटले सिएमसी कर्पोरेट कप इण्डोर क्रिकेटको उपाधि जितेको छ । भरतपुर–३ स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा सोमवार सम्पन्न रोमाञ्चक फाइनलमा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै प्लानेटले उपाधि जितेको हो । जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो । उपाधिसंगै प्लानेटले ५० […]

September 3, 2024

भारतीय कप्तान जिनी मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलवार जिनीलाई अनुबन्ध गरेको जनाएको‌ छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जिनीको आगमनले टोलीको सेटर पोजिसन […]

September 3, 2024

नेपाली टोली पहिलो अभ्यास खेल खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँग पहिलो अभ्यास खेलमा आज खेल्दैछ । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा छ । श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । नेपालले सोही टोलीसँग बुधवार र बिहीवार पनि अभ्यास खेल खेल्नेछ । नेपाली […]

September 3, 2024

सुआरेज अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

एजेन्सी – उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय उनले सोमवार सन्यास घोषणा गरेका हुन् । १ सय ४२ खेलमा ६९ गोल गरेका उरुग्वेका सर्वाधिक गोलकर्ता सुआरेजले शुक्रवार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक सुआरेजले भने,’शुक्रवार राष्ट्रिय टोलीसँग मेरो अन्तिम खेल […]

September 3, 2024

एन्जिलाले पनि‌ युरोपमा व्यवसायिक फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्। १२ वर्ष भन्दा लामो समयदेखि एपिएफमा‌ आवद्ध रहेकी एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरे हुन्‌ । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् । […]

Success

Thank you for your time.