default_image

Featured

September 15, 2024

दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार […]

September 15, 2024

कर्णालीलाई हराउॅंदै एपिएफ शीर्ष स्थानमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा एपिएफले आइतवार कर्णालीलाई ६-० ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान […]

September 15, 2024

एपिएफको‌ सामना गर्दै कर्णाली

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आइतवारको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । एपिएफ ४ खेलमा ३ मा जित र १ बराबरीका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । कर्णाली भने […]

September 15, 2024

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले आइतवार सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको घोषणा गरेको हो । सन् २०२२ मा आयोजना भएको नेपाल टि ट्वान्टी लिगको पहिलो संस्करणमा सहभागी पोखराले त्यस बेला प्रयोग गरेको लोगो परिवर्तन गरेको हो । पोखराले शनिवार मात्र कुशल भुर्तेललाई मार्की […]

September 15, 2024

पोखरामा पलेशा नगदसहित सम्मानित

पोखरा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पोखरा रगंशालामा आइतवार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरले पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र लामालाई सम्मान गरेको हो।त्यस्तै गण्डकी प्रदेशको […]

September 15, 2024

पुनरागमन खेलमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लिओनल मेस्सीको लामो समयपछि मैदानमा पुनरागमन गर्दै गोल गरेको खेलमा इन्टर मियामीले विजयी भएको छ । मियामीले मेजर लिग सकर (एमएलएस) आइतवार फिलाडेल्फिया युनियनमाथि ३–१ को जित निकालेको छ । अर्जेन्टिनाका स्टार मेस्सीको जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १-० ले हराएको खेलमा खुट्टामा चोट लागेको थियो। त्यसयता उनी मैदानमा बाहिर […]

September 15, 2024

पुलिस उज्वेकिस्तानको क्लबसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा सुरु हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पहिलो खेल आज रहेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो । च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय […]

September 15, 2024

हालान्डको गोलमा सिटीको जित

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालान्डको २ गोलमा इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर सिटीले ब्रेन्टफर्डमाथि जित निकालेको छ । लगातार चौथो जित निकाल्ने क्रममा सिटीले शनिवार ब्रन्टफोर्डलाई २-१ ले पराजित गरेको हो । ब्रेन्टफोर्डले पहिलो मिनेटमा नै लिएको अग्रता जोगाउन सकेन। योओनी विसाले पहिलो गोल पनि सिटीले खेलमा पुनरागमन गर्यो। १९औं मिनेटमा हालान्डले गोल गर्दै […]

September 15, 2024

रियलको तेस्रो जित

एजेन्सी – स्पेनिस ला लिगामा रियल मड्रिडले आफ्नो अपराजित यात्रा कायम राखेको छ । रियलले शनिवार रियल सोडिडाडलाई २-० ले हराएको हो। रियलले ५ खेल खेल्दा ३ मा जित र २ मा बराबरी गरेको छ । रियललाई जित दिलाउँन भिनिसियस जुनियर र केलियन एमबाप्पेले गोल गरे । दुवै गोल पेनाल्टीबाट भएको थियो । जुनियरले ५८औं […]

September 14, 2024

प्रदेशस्तरीय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।आइतवार बिहान सेमिफाइल र दिउँसो फाइनल हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार खेल खुला डबल्स […]

Success

Thank you for your time.