default_image

Featured

September 18, 2024

बायर्नको सानदार सुरुवात

एजेन्सी – बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग सानदार जितका साथ सुरुवात गरेको छ । बायर्नले मंगलवार क्रोएसियाको क्लब डिइनामो जाग्रेबविरुद्ध ९-२ को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केनले ४, माइकल ओलिसेले २ तथा राफेल गुरेरो, लिरोय साने र लियोन गोरेट्जकाले समान १ गोल गरे । भ्रमणकारी टोली जाग्रेबका लागि […]

September 18, 2024

झरना कप – भूपू सैनिक र गोर्खा ब्वाइजबीच उद्घाटन खेल हुँदै

सुमन अधिकारी, बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करण आज सुरु हुँदैछ । हरेक बर्ष दशैको पूर्व सन्ध्यामा आयोजना हुने प्रतियोगिता यस पटक १६ दिनसम्म सञ्चालन हुनेछ । तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल भूपू सैनिक युवा क्लब र गोर्खा ब्वाइज क्लबबीच हुनेछ […]

September 18, 2024

विश्वकप लिग टु – नेपाल र ओमान खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार राति ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो […]

September 18, 2024

रियलको विजयी सुरुवात

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । रियलले मंगलवार जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गरे । स्टुडगार्डका लागि डिनिज अन्डाभले १ गोल फर्काए । ४६औं मिनेटमा एमबाप्पेको गोलमा […]

September 17, 2024

ओलम्पियाडमा भाग लिन नपाएपछि बुद्धिचाल महासंघको दुःखेसो

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली‌ टोलीको पटक‌ पटकको‌ प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ। महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका […]

September 17, 2024

विश्वकप विजेताले पाउने पुरस्कारमा वृद्धि

एजेन्सी – अर्को महिनामा संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १ सय […]

September 17, 2024

नेपालगन्ज १० नाइट रनकाे तयारी तीव्र

नेपालगन्ज (हाम्रो खेलकुद)- दशाैं धारा नेपालगन्ज म्याराथनकाे प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको तयारी अन्तिम चरणमा पुगेको छ। नाइट रनमा झण्डै ५० धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। सोही रनका लागि मंगलवार टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असाेज ३ गते राति हुने दाैडकाे टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक […]

September 17, 2024

सांग्रिला युथ एफसीलाई इन्ट्रा कप‌ फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- सांग्रिला युथ एफसीले चौथो इन्ट्रा कप‌ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। अमेरिकाको एर्कोनमा भएको प्रतियोगिताको फाइनलमा पथरी एफसीलाई १-० ले हराउँदै सांग्रिलाले उपाधि जितेको हो। समिर गुरुङको गोलमा सांग्रिलाले फाइनल जितेको थियो। सांग्रिलाले १० तोलाको‌ सुनको ट्रफीसहित १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। त्यसअघि सेमिफाइनलमा पथरीले चुके एफसीलाई पेनाल्टी सुट आउटमा […]

September 17, 2024

चितवन गोल्डकप – सूर्यपुर र बागमतीबीच उद्घाटन हुने

सुशील पन्त क्षेत्री, चितवन भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामाा बिहीवार सुरु हुने गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको तयारी पूरा भएको छ । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको संयोजक धुर्व भुसालले जानकारी दिए । प्रतियोगिताका लागि मैदान मर्मतलगायतको काम सकिएको उनले बताए । प्रतियोगितामा कुल […]

September 17, 2024

कोशीलाई हराउँदै आर्मी दोस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा उक्लिनेक्रममा आर्मीले मंगलवार कोशी प्रदेशलाई ५–० ले हराएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् ।आठौं मिनेटमा विमलाले […]

Success

Thank you for your time.