September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनीले माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोलीलाई मंगलवार नगदसहित सम्मान गरेको छ। शिखर इन्स्योरेन्सले पुलिस टोलीका हरेक खेलाडी , प्रशिक्षक अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पूर्व मन्त्री रामकुमारी झाँक्री,शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दिप प्रकाश पाण्डेलगायतले खेलाडीलाई सम्मान गरेका थिए। शिखर इन्स्योरेन्सले […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)-अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनो नेपाल आउने भएका छन् । दक्षिण एसियाली राष्ट्रहरू भ्रमणका क्रममा इन्फान्टिनो असोज २१ गते नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ। करिब १३ घण्टाको नेपाल बसाईको क्रममा इन्फान्टिनोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। साथै […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै अर्काे महिना आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलवार ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रारम्भिक चरणमा स्थान बनाउन सफल खेलाडी जारी महिला राष्ट्रिय लिगमा व्यस्त छन् । […]
September 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रा भन्डारीको ह्याट्रिक सहयोगमा त्रिभुवन आर्मी क्लबले मंगलवार एन्फा महिला लिगमा वालिङ नगरपालिकालाई पराजित गरेको छ । आर्मी ८-० ले विजयी भएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको जितमा चन्द्रा प्लेयर अफ द म्याच भइन् । चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान २ गोल गर्दा वालिङले १ गोल उपहार […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं १६ र वडा नं १२ बीच दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको फाइनल हुने भएको छ । लैनचौर फुटसल मैदानमा मंगलवार भएको सेमिफाइनलमा वडा नं १६ ले वडा नं ६ लाई २-१ ले तथा वडा नं १ ले वडा नं २ लाई २-० ले हराउँदै […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एक वर्षमा करातेकी एरिका गुरुङले त्यस्तै भव्य स्वागत पाएकी छिन् । चीनमा आइतवार सम्पन्न २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका मंगलवार स्वदेश आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षकै जस्तो स्वागत पाएकी हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, कराते प्रशिक्षक, खेलाडी, पदाधिकारी , खेलप्रतिले एरिका सहित टोलीलाई […]
September 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच आज खेल हुँदैछ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । आर्मी ७ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ । वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ । दुवै टोलीलाई अर्को चरण […]
September 24, 2024
एजेन्सी – स्पेनिस ला लिगामा मालोर्काले रियाल बेटिसमाथि रोमाञ्चक जित हासिल गरेको छ । सातौं खेलमा तेस्रो जित निकाल्नेक्रममा मालोर्काले बेटिसमाथि २-१ को जित निकालेको हो । बेटिसको घरेलु मैदानमा भ्रमणकारी टोलीलाई जिताउन डानी रोड्रिगुइज र भालेरी फर्नान्डेजले गोल गरे । घरेलु टोलीका लागि जिओभानी लो सेल्सोले १ गोल गरेका थिए । खेलमा अग्रता भने […]
September 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लगातार हारसँगै लय गुमाएको नेपालले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा ओमानसँग खेल्दैछ । निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्दैछ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित […]
September 23, 2024
सुशील पन्त क्षेत्री,चितवन सल्हेस एफसी सिराहा गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सूर्यपुर एफसी चितवनलाई सोमवार हराउँदै सल्हेसले सेमिफाइनलको यात्रा तय गरेको हो । सल्हेसले सूर्यपुरलाई पेनाल्टी सुटआउटमा मा ५-३ ले हरायो । टाइब्रेकरमा सल्हेसका जय गुरुङ, सुमित श्रेष्ठ, दीपेश आले, सन्तोष क्षेत्री र कुलदीप कार्कीले गोल गरे। सूर्यपुरका हिसुब थपलिया, […]