default_image

Featured

December 30, 2024

अन्जना बनिन् ड्रिम अनको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । सोमबार एक कार्यक्रममा ड्रिम अनका प्रबन्ध निर्देशक भीम बहादुर थापा र अन्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि भएको हो । सम्झौता अनुसार अञ्जनाले ड्रिम अनको प्रचार हुने विभिन्न […]

December 30, 2024

बुटवलमा इन्डो–नेपाल भलिबल यसै साता सुरु हुँदै

सुमन अधिकारी, बुटवल बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ बुधवार सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन चल्नेछ […]

December 30, 2024

बुटवलमा छैंटौं राष्ट्रपति रनिङ शिल्ड‌ हुँदै

सुमन अधिकारी ,बुटवल बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालय स्तरीय छैंटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मंगलवार सुरु हुँदैछ । नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयका करिब १५ सय विद्यार्थीको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, कराते र एथलेटिक्समा गरि ५ खेलमा प्रतिस्पर्धा गराइने जनाइएको […]

December 30, 2024

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकप

दिपक बोहोरा, पाँचथर चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो पटक नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै चर्च ब्वाइजले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको । गत साता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा‌ कपको उपाधि जितेको थियो। फिदिम माविको मैदानमा सोमवार भएको फाइनलको‌ निर्धारित समयमा २-२ को‌ […]

December 30, 2024

न्युजिल्याण्डलाई एक खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । न्युजिल्याण्डले सोमवार भएको दोस्रो टि ट्वान्टी आई ४५ रनले जितेको छ । पहिलो टि ट्वान्टी आईमा घरेलु टोली ८ रनले विजयी भएको थियो । १ सय ८७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा १ सय ४१ रन मात्र जोड्न […]

December 30, 2024

दीपेन्द्र ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर बनेका छन्। शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि रहेको बताइएको छ। सम्झौता रकम भने खुलाइएको छैन। दीपेन्द्रले शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताए। नेपाल प्रिमियर […]

December 30, 2024

डब्लुटिसी फाइनलका लागि ३ टोली दौडमा

एजेन्सी – इङ्ग्ल्याण्डमा अर्को वर्ष आयोजना हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेको छ। फाइनल पुग्ने अर्को टोलीका लागि ३ देशको प्रतिस्पर्धा रहेको छ । डब्लुटिसी सन् २०२५ को जुन ११ देखि १५ तारिख सम्म हुनेछ। मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सकिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेसँगै फाइनलमा स्थान […]

December 30, 2024

भारतलाई हराउँदै अस्ट्रेलिया फाइनल नजिक

एजेन्सी – भारतलाई बोर्डर गावास्कर ट्रफीको चौथो टेस्टमा हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सकिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेको हो । जितसँगै अस्ट्रेलियाले भारतविरुद्धको ५ टेस्टको सिरिजमा २-१ को अग्रता बनाएको छ । सिड्नीमा शुक्रवार सुरु हुने पाचाैं तथा अन्तिम टेस्ट जितेमा […]

December 30, 2024

लिभरपुलको सानदार जित

एजेन्सी – शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतवार वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । वर्षको अन्तिम खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५-० पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा लिभरपुलको जितमा लुइस डियाज, कोडी गाक्पो, मोहम्मद सलाह, ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड र डिओगो जोटाले गोल गरे । डियाजले ३०औं मिनेटमा पहिलो गोल गरे । त्यसको १० मिनेटपछि […]

December 30, 2024

नेपालका कप्तान सम्मिलित हरियाणाले जित्यो प्रो कबड्डी लिग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीका कप्तान घनश्याम रोका मगर सम्मिलित हरियाणा स्टिलर्सले भारतको प्रो कबड्डी लिगको उपाधि जितेको छ । पुनेमा आइतबार भएको फाइनलमा पटना पाइरेट्सलाई ३२-२३ को अन्तरले हराउँदै हरियाणाले उपाधि जितेको हो । गत सिजन फाइनलमा पराजित भएको हरियाणाले यसपटक भने उपाधि जित्न सफल भयो । नेपालका कप्तान घनश्यामको […]

Success

Thank you for your time.