October 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित यात्रा कायम राख्दा ललितपुर क्विन्सले पनि उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । शुक्रबार मध्यरातमा सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ ले पराजित गरेपछि फाइनल समिकरण तयार भएको हो । यसअघि फाइनल पुगिसकेको कर्णालीविरुद्ध काठमाडौंले फाइनल पुग्न २ सेट आफ्नो पक्षमा पारे […]
October 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- गीता एभियशनको आयोजनामा शनिवार एभिएशन फुटसल प्रतियोगिता २०२४ मा नेपाली सेनाको आर्मी एयर सर्भिसले पनि भाग लिने भएको छ। एक दिन चल्ने प्रतियोगितामा अब ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि ७ वट टोलीको सहभागिता रहने बताइएको छ । आर्मी एयर सर्भिससँगै बुद्ध एयर, एनआरएफएफए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले प्रकाश खड्कालाई सिइओमा नियुक्त गरेको छ । खड्का र सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेको टोलीले जनाएको छ। १० वर्ष भन्दा लामो समय क्रिकेटमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका खड्का धनगढी प्रिमियर लिग (डिपिएल) का समेत निर्देशकका रुपमा रहिसकेका छन् । […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । काभाले शुक्रवार जारी गरेको खेलतालिकामा नेपालले पहिलो खेलमा असोज २० मा श्रीलंकाको सामना गर्ने भएको हो । असोज २० देखि २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ […]
October 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवारको पहिलो खेलमा चितवन शक्तिलाई ३-१ ले हराउँदै ललितपुरले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । ललितपुरसँग पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली यश्विजले यसअघि नै फाइनलमा […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरूङले इटलीमा हुने वल्ड कराते च्याम्पियनसिप क्याडेट जुनियर यु-२१ मा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई आज राष्ट्रिय खेलकुद परिषद ( राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे। पछिल्लो एकवर्षको खेल यात्रा एरिकाको लोभलाग्दो छ। खेलेको सबै अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन्। १९औं एसियाली खेलकुदमा रजत पदक […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी दर्ता गरेको छ । चितवनले आफू विरुद्ध खेलमा काठमाडौं र कर्णालीले नियम विपरित ट्यालेन्ट हन्टको खेलाडी छनोट गरेको भन्दै आयोजकसमक्ष उजुरी दर्ता गरेको हो । यसअघि ललितपुर क्विन्सले पनि गण्डकी थन्डर्सविरुद्ध सोही प्रकृतिको उजुरी दर्ता गरेको थियो । […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट महिला भलिबल लिग (डडब्लुभिएल) मा ललितपुर क्विन्सले गण्डकी थन्डर्सको खेलाडीविरुद्ध प्रोटेस्ट गरेको छ । आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी खेलाइएको भन्दै ललितपुरले खेल सकिएलगत्तै उजुरी गरेको जनाएको छ । सो खेलमा गण्डकी ३–२ सेटले विजयी भएको थियो । आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी […]