August 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २ घण्टा ४५ मिनेट ढिलो सुरू भएको छ । एन्फाको केन्द्रीय कार्यालय सातदोबाटोमा आज विहान ८ बजेदेखि बैठक सुरू हुने भनेर एन्फाले जनाएको थियो। तर समय भन्दा निकै ढिला १०:४५ मा मात्र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बैठक सुरू भएको छ । […]
August 27, 2024
पोखरा (हाम्रो खेलकुद) – कास्कीको लामाचौरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नव आदर्श सामूदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा तीज महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। लामाचौर कपमा महिला तथा पुरुषको अलग प्रतियोगिता हुनेछ। ११औं संस्करणको महिला भलिबल प्रतियोगितामा ३ विभागीय सहित […]
August 27, 2024
एजेन्सी – अफगानिस्तानका स्पिनर राशिद खान न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक २० सदस्यीय टोलीबाट बाहिर रहेका छन् । अफगानिस्तान क्रिकेट बोर्ड(एसिबी) ले बन्द प्रशिक्षणका लागि २८ अगस्टमा भारत प्रस्थान गर्ने २० सदस्यीय प्रारम्भिक टोलीको सोमवार घोषणा गरेको हो । टोलीमा राशिदको अनुपस्थितीबारेमा एसिबीले कुनै कारण उल्लेख गरिएको छैन । अफगानिस्तान र न्युजिल्यान्डबीच सेप्टेम्बर ९ […]
August 27, 2024
एजेन्सी – स्कटल्यान्ड र बंगलादेशबीच महिला टि ट्वान्टी विश्वकप २०२४ को पहिलो खेल हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसिसी) ले सोमवार जारी गरेको खेल तालिका अनुसार ३ अक्टोबरबाट युएईमा नवौं संस्करणको महिला टी ट्वान्टी विश्वकप सुरुवात हुदैछ । बंगलादेशमा सुरक्षाको कारण देखाउदै प्रतियोगिता युएई सारिएको थियो । प्रतियोगिता युएईमा आयोजना हुने भएसँगै नयाँ खेलतालिका […]
August 27, 2024
एजेन्सी – स्पेनिस ला लिगामा सोमवार प्रतिस्पर्धात्मक खेलमा भिल्लारियलले सेल्टा भिगोलाई पराजित गरेको छ। इन्ज्युरी समयको दसौं मिनेटमा ड्यानि परेजोले गोल गरेपछि भिल्लारियलले ४-३ को जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा भिल्लारियलको जितमा परेजोसहित सर्जि कार्डन, थिएनो बेरीले गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो । सेल्टा भिगोकाबोर्जा लिग्लिसिया, ओस्कारला मिङ्गेजा र कार्ल […]
August 26, 2024
एजेन्सी – नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो । क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो । नेदरल्यान्ड्सका लागि […]
August 26, 2024
मेचीनगर (हाम्रो खेलकुद)- सिएम पुरुषोत्तम चौलागाईंले छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता उपाधि जितेका छन्। झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित २ बराबरीका साथ ६ अंक जोडेका हुन्। उनले २१७७ रेटिङ्ग पर्फोम गर्दै उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे । राजेन्द्र […]
August 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु २० च्याम्पियनसिपको फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा नै हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार सामाजिक संजालमार्फत नेपाल र बंगलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको छ। यसअघि गत शुक्रबार एन्फाले फाइनल खेल दशरथ रंगशालामा हुने जनाएको थियो । फाइनलमा नेपाल र बंगलादेश खेल्दै छन् […]
August 26, 2024
काठमाडौं(हाम्रो खेलकुद)- बंगलादेश साफ यु २० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। साविक विजेता भारतलाई सोमबार पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो।अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १-१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो । बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको पेनाल्टी […]
August 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको दशक उत्सवअघि ३ असोजमा नेपालमै पहिलोपटक १० किमी नाइट रन आयोजना हुने भएको छ। धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताइएको छ। राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ […]