default_image

Featured

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

October 22, 2024

लुम्बिनी लायन्सले क्रिकेट प्रतिभा खोज्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपीएल) टोली फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले क्रिकेटमा‌ ट्यालेन्ट हन्ट गर्ने भएको छ। घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप ४ नयाँ प्रतिभाको खोजी गर्न लागिएको लुम्बिनी लायन्सले जनाएको छ। लुम्बिनीका छनोट भएका ४ खेलाडीबाट एक जनालाई‌ ‘सुपरस्टार’ को उपाधि दिइनेछ। सुपरस्टारले टोलीका लागि एनपिएल खेल्नेछन् भने १ लाख रुपैयाँ […]

October 22, 2024

सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको हो । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा छन् । टोलीमा प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कार्तिक […]

October 22, 2024

नेपाली उसु खेलाडीले थाउँलो वर्ल्ड कपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]

October 22, 2024

विलियम्सनले भारतसँगको दोस्रो टेस्ट पनि गुमाउने

एजेन्सी – न्युजिल्याण्डका पूर्व कप्तान केन विलियम्सनले भारतविरुद्धको दोस्रो पनि टेस्ट गुमाउने भएका छन् । ३ टेस्टको सिरिजका लागि न्युजिल्याण्डको टोली भारत भ्रमणमा छ । पहिलो टेस्ट पाहुना टोलीले ८ विकेटले जित्दै सिरिजमा १-० काे अग्रता लिएको छ । गत महिना श्रीलंका भ्रमणका क्रममा घाइते भएका विलियम्सन भारतसँगको खेलमा टोलीमा रहेपनि न्युजिल्यान्डको टोलीसँग भारत गएनन् […]

October 22, 2024

नटिङघमले क्रिस्टललाई हरायो

एजेन्सी – नटिङघम फरेस्टले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसविरुद्ध जित निकालेको छ । आठौं खेलमा तेस्रो जित निकाल्ने क्रममा नटिङघमले मंगलवार बिहान भएको खेलमा क्रिस्टलमाथि १-० को जित निकाल्यो । घरेलु मैदान सिटी ग्राउन्डमा नटिङघमलाई जित दिलाउन क्रिस वुडले गरेको गोल नै निर्णायक बन्यो । वुडले खेलको ६५औं मिनेटमा निर्णायक गोल गरेका थिए । […]

October 22, 2024

नेयमारको पुनरागमन खेलमा हिलालको जित

एजेन्सी – साउदी अरबको अल-हिलालसँग साविक विजेता युएईको अल-ऐनले एसियन च्याम्पियन्स लिग एलिटमा पराजित भएको छ । ऐनको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा सोमवार भएको खेलमा हिलाल ५-४ ले विजयी भएको हो । अल हिलालको जितमा सलेम अल–दौसारीले ह्याट्रिक गरे भने रेनान लोदी र सर्गेज मिलिन्कोभिच साभिचले समान १ गोल गरे । घरेलु टोलीका […]

October 21, 2024

भेट्रान्स फुटबलमा चितवनको जित

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा सोमवार चितवन भेट्रान्स टिम, बानेश्वर फ्रेण्ड्ससिप र फ्रिडम फाइटर विजयी भएका छन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको पहिलो खेलमा चितवनले हिमालयन शेर्पा भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित सकिए पछि खेल ट्राइब्रेकरमा पुगेको हो […]

October 21, 2024

माल्दिभ्समाथि गोल वर्षा गर्दै नेपाल शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा […]

October 21, 2024

सजनीको राष्ट्रिय टोलीबाट डेब्यु!

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सजनी थोकरले नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सजनीले डेब्यु गरेकी हुन् । उनले खेलको ६६ औं मिनेटमा गीता रानाको स्थान लिएकी हुन् । सजनीले उमेर समूहमा नेपालको विभिन्न टोलीबाट खेलिसकेकी छिन् । सन् २०१५ मा एएफसी […]

Success

Thank you for your time.