default_image

Featured

September 4, 2024

राजस्थानमा द्रविडको पुनरागमन

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले २०२५ को आइपिएल सिजनअघि राजस्थान रोयल्समा मुख्य प्रशिक्षकका रुपमा पुनरागमन गर्ने भएका छन् । यसका लागि द्रविड र राजस्थानको टोलीले सम्झौतामा हस्ताक्षर गरेका छन् । द्रविडले आईपिएल सन् २०१२ र २०१३ मा कप्तान थिए । द्रविड २०१४ र २०१५ सिजनमा टिम निर्देशक र मेन्टरको रूपमा […]

September 4, 2024

सबै फर्म्याटको प्रशिक्षक बन्दै म्याकुलम

एजेन्सी – ब्रेन्डन म्याकुलम इङ्ग्ल्यान्ड क्रिकेटको तीनै फर्म्याटमा मुख्य प्रशिक्षक हुने भएका छन् । आगामी वर्षको जनवरी बाट सन् २०२७ को अन्त्य सम्मका लागि म्याकुलमलाई इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड(इसिबी) ले सो जिम्मेवारी दिएको हो । टेस्ट क्रिकेटमा सन् २०२२ देखि नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका म्याकुलमले टि ट्वान्टी र ओडिआईको नयाँ जिम्मेवारी पनि पाएका हुन् ।भारत […]

September 4, 2024

आर्मी र संकटा भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार विभागीय टोली त्रिभुवन आर्मी र संकटा फुटबल क्लब भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यस संस्करणको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ लिगको सुरुवात गर्न चाहन्छन् । यो खेल पहिलो राउन्डको अन्तिम खेल पनि हो । संकटाले लिगमा […]

September 4, 2024

पलेशालाई नगदसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। बुधवार स्वदेश फर्केकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले सम्मान गरेको हो। महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । […]

September 4, 2024

नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेल पनि रद्द भएको छ । डेभलभमेन्टसँगको दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको हो । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल पनि भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले सोही टोलीसँग शुक्रवार पनि […]

September 4, 2024

नेपालको दोस्रो अभ्यास खेल आज

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेलमा आज खेल्दैछ । श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले सोही टोलीसँग शुक्रवार पनि अभ्यास खेल खेल्नेछ । क्यानडामा हुने […]

September 4, 2024

नेपालले क्यानडामा टि ट्वान्टी सिरिज खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टि ट्वान्टी सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज पछि नेपालले टि ट्वान्टी आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने भएका छन् […]

September 3, 2024

अवकाशपछि शर्माको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- उमेर हदका कारण मंगलवार अनिवार्य अवकाश पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलवार बिदाइ गरिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए । तालिम तथा प्रशिक्षण विभाग अलग्गै कार्यक्रम गर्दै शर्मालाई बिदाइ गरेको थियो । खेलकुद […]

September 3, 2024

लामाचौर भलिबलमा एपिएफको दोहोरो जित

पोखरा (हाम्रो खेलकुद)- पोखराको‌ लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलवार सुरु भएको छ । पहिलो दिन एपिएफ क्लबले‌ दुवैतर्फ जित निकाल्दा टिपटप न्युु डायमण्ड क्लब र नेपाल पुलिस क्लबले पनि‌ सफलता हासिल गरेका छन् । महिलातर्फ गण्डकीलाई‌ हराएको एपिएफले‌ पुरुषतर्फ ट्राभल इन्क्वाइरी गलकोटलाई समान ३–१ को सेटमा हराएको थियो। महिलातर्फ एपिएफले पहिलो सेट […]

September 3, 2024

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्समा हुने

एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) २०२३–२५ को फाइनल अर्को वर्ष हुनेछ। त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले मंगलवार तेस्रो संस्करणको डब्लुटिसीको फाइनल इङ्ग्ल्यान्डको लर्ड्समा हुने जनाएको हो । फाइनल २०२५ जुन ११ देखि १६ सम्म हुनेछ । लिगको पहिलो संस्करण न्युजिल्यान्ड र ज दोस्रो अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो […]

Success

Thank you for your time.