default_image

क्रिकेट

December 21, 2020

शीलाको कप्तानीमा गण्डकीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – पुस ११ देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले शीला रेग्मी क्षेत्रीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ । टोलीको उपकप्तानमा सीमाना केसी रहेकी छिन् । गण्डकी प्रदेशमा स्याङ्जा र कास्कीबाट ७–७ खेलाडी अटाएका छन् । प्रधानमन्त्री महिला प्रतियोगिता पुस ११ देखि १९ सम्म […]

December 21, 2020

महिला पीएम कपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – दाङको लमहीमा पुस ११ देखि सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको छ । प्रतियोगिता पुस ११ देखि १९ सम्म लमहीमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुने छ । समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र […]

Siddhant Lohani

December 21, 2020

सिद्धान्त चम्कँदा मोरङ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सिद्धान्त लोहनीको उत्कृष्ट प्रर्दशनको सहयोगमा मोरङ प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ को छनोटको फाइनलमा पुगेको छ । मोरङले सोमबार झापालाई ९ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो । कनकाई मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मोरङ ३८.३ ओभरमा १ सय ४० रनमा […]

December 21, 2020

झापालाई उपाधि, अप्सरी सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटको उपाधि झापा महिला क्रिकेट टोलीले जितेको छ । झापा महिला टोलीले सोमबार फाइनलमा मोरङलाई ९ विकेटले पराजित गर्दै उपाधि जितेका हुन् । टस जितेर पहिला ब्याटिङ रोजेको मोरङ महिला टोली ५२ रनमा अल आउट भएका थिए । मोरङकी सलिना तामाङले १० […]

December 21, 2020

पीएम कप : लमही मैदानको तयारी अन्तिम चरणमा

दाङ (हाम्रो खेलकुद) – पुस दोस्रो साता देखि सुरु हुने महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लमही क्रिकेट मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । महिला राष्ट्रिय प्रतियोगिता लमहीका तीन वटा पिचमा सञ्चालन हुने छ । गतवर्ष आठौं राष्ट्रिय प्रतियोगितामा लमहीको पिचलाई लिएर प्रश्न उठेको थियो । यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंबाट […]

December 20, 2020

भारतलाई ठूलो झट्का

एजेन्सी – अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर मोहम्मद शामीले अष्ट्रेलियाविरुद्ध बाँकी टेष्ट सिरिज गुमाउने भएका छन् । पहिलो टेष्ट खेलमा भारत अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । भारतले अष्ट्रेलियासँग चार टेष्ट खेलको सिरिजमा तीन टेष्ट खेल्न बाँकी छ । शामी अष्ट्रेलियासँगको पहिलो टेष्टमा शनिवार तेस्रो […]

December 20, 2020

झापा र मोरङ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा आइतबार झापा र मोरङ विजयी भएका छन् । झापाले उदयपुरलाई ७ विकेट र मोरङले इलामलाई १० विकेटले पराजित गरे । झापाविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको उदयपुर १५.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । उदयपुरका विधान गोस्वामीले २३ बलमा […]

December 20, 2020

तनहुँमाथि नवलपुरको जित

काठमाडौं (हाम्रोखेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश छनोटमा आइतबार नवलपुरले तनहुँलाई हराएको छ । पोखरा क्रिकेट रंगशालामा भएको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको नवलपुर ४४.१ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो । ओपनर सनम बुढाथोकी २३, प्रतिस ढकाल १०, […]

December 20, 2020

महोत्तरीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महोत्तरी महिला क्रिकेट टोलीले प्रधानमन्त्री महिला राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर २ छनोटको उपाधि जितेको छ । महोत्तरीले आइतबार फाइनलमा सिराहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला ब्याटिङ गरेको सिराह १७ ओभरमा ८६ रनमा अल आउट भएको थियो । सिराहकी कविता गौतमले २४, सरस्वती चौधरीले १४ […]

December 20, 2020

कप्तान रुविनाको विष्फोटक शतक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले प्रधानमन्त्री महिला राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा विष्फोटक शतक प्रहार गरेकी छिन् । झापाकी कप्तान समेत रहेकी रुविनाले इलामविरुद्ध विष्फोटक शतक प्रहार गरेकी हुन् । रुविनाको उत्कृष्ट शतकको सहयोगमा झापाले इलामलाई २ सय ११ रनको फराकिलो अन्तरले हराएको छ । […]

Success

Thank you for your time.