December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा झापालाई हराउँदै सुनसरी फाइनलमा पुगेको छ । सुनसरीले मंगलबार झापालाई ६२ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । कनकाई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुनसरीले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । […]
December 22, 2020
एजेन्सी – ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले तेस्रो तथा अन्तिम टि२० खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै पाकिस्तान क्लिनस्विप हुनबाट बचेको छ । तीन टि२० आई खेलको सिरिज न्युजिल्यान्डले २–१ ले जितेको छ । जितका लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.४ ओभरमा ६ […]
December 22, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा विश्वकप विजेता अष्ट्रेलिया डेभ ह्वाटमोर आउँदै छन् । ह्वाटमोर नेपाली क्रिकेटको प्रशिक्षकको रुपमा आउने हालसम्मका ठूला नाम हुन् । विश्वकप विजेता ह्वाटमोरको आगमनले नेपाली क्रिकेटले विश्व क्रिकेटमा नयाँ रफ्तारको लय पकड्ने अपेक्षा गरिएको छ । गतवर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएसँगै नेपाल विदेशी प्रशिक्षक विहिन थियो […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुस ११ देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले शीला रेग्मी क्षेत्रीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ । टोलीको उपकप्तानमा सीमाना केसी रहेकी छिन् । गण्डकी प्रदेशमा स्याङ्जा र कास्कीबाट ७–७ खेलाडी अटाएका छन् । प्रधानमन्त्री महिला प्रतियोगिता पुस ११ देखि १९ सम्म […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दाङको लमहीमा पुस ११ देखि सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको छ । प्रतियोगिता पुस ११ देखि १९ सम्म लमहीमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुने छ । समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सिद्धान्त लोहनीको उत्कृष्ट प्रर्दशनको सहयोगमा मोरङ प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ को छनोटको फाइनलमा पुगेको छ । मोरङले सोमबार झापालाई ९ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो । कनकाई मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मोरङ ३८.३ ओभरमा १ सय ४० रनमा […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटको उपाधि झापा महिला क्रिकेट टोलीले जितेको छ । झापा महिला टोलीले सोमबार फाइनलमा मोरङलाई ९ विकेटले पराजित गर्दै उपाधि जितेका हुन् । टस जितेर पहिला ब्याटिङ रोजेको मोरङ महिला टोली ५२ रनमा अल आउट भएका थिए । मोरङकी सलिना तामाङले १० […]
December 21, 2020
दाङ (हाम्रो खेलकुद) – पुस दोस्रो साता देखि सुरु हुने महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लमही क्रिकेट मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । महिला राष्ट्रिय प्रतियोगिता लमहीका तीन वटा पिचमा सञ्चालन हुने छ । गतवर्ष आठौं राष्ट्रिय प्रतियोगितामा लमहीको पिचलाई लिएर प्रश्न उठेको थियो । यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंबाट […]
December 20, 2020
एजेन्सी – अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर मोहम्मद शामीले अष्ट्रेलियाविरुद्ध बाँकी टेष्ट सिरिज गुमाउने भएका छन् । पहिलो टेष्ट खेलमा भारत अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । भारतले अष्ट्रेलियासँग चार टेष्ट खेलको सिरिजमा तीन टेष्ट खेल्न बाँकी छ । शामी अष्ट्रेलियासँगको पहिलो टेष्टमा शनिवार तेस्रो […]
December 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा आइतबार झापा र मोरङ विजयी भएका छन् । झापाले उदयपुरलाई ७ विकेट र मोरङले इलामलाई १० विकेटले पराजित गरे । झापाविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको उदयपुर १५.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । उदयपुरका विधान गोस्वामीले २३ बलमा […]