default_image

क्रिकेट

October 4, 2024

बंगलादेश र पाकिस्तानको विजयी सुरुवात

एजेन्सी – युएईमा सुरु भएको नवौं महिला टि ट्वान्टी विश्वकपमा बंगलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका छन् । शारजाहमा बिहीवार भएका दुवै खेलमा बंगलादेशले स्कटल्यान्डलाई र पाकिस्तानले श्रीलंकालाई पराजित गरेका हुन् । दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३१ रनको जित हासिल गर्यो । १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर […]

October 3, 2024

यु १९ महिला टोलीको दोस्रो चरणमा २० खेलाडी छनोट

काठमाडौं(हाम्रो खेलकुद) – महिला यु१९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीको दोस्रो चरणको २० खेलाडी छनोट भएका छन्। प्रशिक्षणमा‌ रहेका १० खेलाडी दोस्रो चरणमा परेनन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार दोस्रो चरण छनोट गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । […]

October 3, 2024

ओलम्पियन विष्ट सुदूरपश्चिम रोयल्सका ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षरमा गरे । सुदूरपश्चिम मात्र नभइ देशका शान तेक्वान्दोका सफल खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका […]

October 3, 2024

ओमान माथि नेपालको अर्को जित, रोहितको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)-  क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा बुधवार नेपालले ओमानलाई ५६ रनले हराएको छ। नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। सिरिजमा नेपालको यो दोस्रो जित हो। म्याप्ल लिफ नर्थ वेस्ट ग्राउन्डमा जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७. ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा […]

October 2, 2024

नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दै छ । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा हुँदैछ । ३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष […]

October 2, 2024

चितवनको प्रमुख प्रशिक्षकमा पटवाल नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले उमेश पटवाललाई प्रमुख प्रशिक्षक र निर्देशक नियुक्त गरेको छ। चितवनले बुधवार सामाजिक संजाल मार्फत पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् । चितवनले पटवाललाई मुख्य प्रशिक्षकका रुपमा भित्राउन पाउँदा खुसी लागेको बताएको छ […]

October 2, 2024

एनपिएल अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले बुधवार अक्सनमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गरेको हो । क्यानले असोज ५ गते देखि असोज १२ सम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । एक साताको अवधीमा कुल […]

October 2, 2024

क्यानडा टि ट्वान्टी – जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग खेल्दैछ । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुदैछ । ३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपाल […]

October 2, 2024

दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् […]

October 2, 2024

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा टमाटा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले आफ्नो मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहिसकेका टमाटालाई सुदूरपश्चिमले यो जिम्मेवारी दिएको सामाजिक संजाल मार्फत जानकारी गराएको हो । क्लबले टमाटालाई मुख्य प्रशिक्षकका रुपमा भित्राउन पाउदा खुसी लागेको बताएको छ ‘टमाटा नेपाली क्रिकेट प्रतिभाको […]

Success

Thank you for your time.