default_image

क्रिकेट

December 11, 2024

जनकपुरले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधवारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरका कप्तान अनिल कुमार शाहले बलिङ रोजेका छन् । यो खेलमा पनि जित निकालेर लिग चरणको दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । […]

December 11, 2024

एनपिएलमा आज पनि दुई खेल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवार पनि दुई खेल हुनेछन्। एनपिएलमा आज १८औं तथा १९औं खेल हुँदैछ । पहिलो खेलमा शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्सकोबीचमा खेल हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। जनकपुरले खेलेका सबै ४ खेल नै जितेर प्लेअफको सम्भावना […]

December 10, 2024

अमेरिकी अलराउन्डर सिंहले सुदूरपश्चिमबाट एनपिएल खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मित सिंहलाई अनुबन्ध गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टि२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका  सिंह सोमवार नेपाल आएको सुदूरपश्चिमले‌ जनाएको छ। उनले २३ टि ट्वान्टी आई र १० ओडिआई खेलेका छन् । भारतबाट यू१९ विश्वकप […]

December 10, 2024

लारा नेपाल आउँदै!

काठमाडौं (हाम्रो खेलकुद)- वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलवार साँझ एक्समार्फत लारा नेपाल आउन लागेको बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कै दौरान लारा नेपाल आउन लागेको खड्काको पोस्टबाट प्रस्ट भएपनि मिति भने खुलाइएको छैन । एनपिएलको ३२ मध्ये […]

December 10, 2024

कर्णालीले पोखरालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – अलराउण्डर विलियम बोसिस्टोले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले जित हासिल गरेको छ । पाँचौ खेलमा तेस्रो जित निकाल्ने क्रममा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको हो । १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि […]

December 10, 2024

बोसिस्टोको ६ विकेटमा पोखराको झिनो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टोले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स सामान्य योगफलमा समेटिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भयो । पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे । […]

December 10, 2024

पोखराले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन् । सुरुवाती २ खेलमा हार बेहोरेर प्रतियोगिताको खराब सुरुवात गरेको कर्णालीले पछिल्लो २ खेल भने जितेको छ । कर्णाली ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ […]

December 10, 2024

नेदरल्यान्ड्सका कप्तानले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्यान्ड्स टिमका कप्तान स्कट एडवार्डस विराटनगर किंग्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । एडवार्डस विराटनगरको टिममा सहभागी हुन नेपाल आएका छन् । उनले नेदरल्यान्ड्सका लागि ७१ टि ट्वान्टी आईमा १ हजार २१ रन बनाएका छन् । विराटनगर एनपिएलको ४ खेलमा १ जितका साथ तालिकाको पुछारमा छ । विराटनगरले […]

December 10, 2024

रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.