December 22, 2024
सागर अधिकारी ,काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिवार सकिँदा प्रदर्शनमा विदेशी खेलाडीको दबदबा रह्यो । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपिएलको च्याम्पियन बनेको हो । जनकपुर र सुदूरपश्चिमलाई फाइनलको यात्रा गराउनेमा विदेशी खेलाडी प्रदर्शन स्मरणीय रह्यो । लिग चरण, प्लेअफ र फाइनल गरि एनपिएलमा ३२ खेल भएका […]
December 22, 2024
एजेन्सी – मलेसियामा भएको एसिसी यु १९ महिला एसिया कपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन भएको छ । पहिलो पटक आयोजना भएको यस एसिया कपमा आइतवार भएको फाइनलमा भारत भारतले बंगलादेश यु १९ लाई ४१ रनले पराजित गरेको हो । भारल यु १९ ले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा अल […]
December 22, 2024
एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको कार प्राप्त गरेका हुन्।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण उपाधिका लागि शनिवार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल दिउँसो १२ः३० बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो । लिग र पहिलो क्वालिफायर दुवैमा जनकपुरमाथि […]