default_image

क्रिकेट

April 21, 2025

शीर्षस्थानमा रहेको गुजरातको सहज जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट […]

April 21, 2025

‘शी स्ट्राइक्स’ कर्पोरेट क्रिकेट यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- कर्पोरेट महिलाहरुको लागि आयोजना गरिने क्रिकेट प्रतियोगिता ‘शी स्ट्राइक्स’ को तेस्रो संस्करण यसै साता हुने भएको छ। ९ वटा कर्पोरेट टोलीहरुको सहभागितामा बैशाख १२ र १३ गतेका सिन्धुली बिपि राजमार्गमा पर्ने मुलकोटस्थित क्वालिटी बिच रिसोर्टमा क्रिकेट हुने सोमवार आयोजक एन इभेन्ट्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको […]

April 21, 2025

कोलकातालाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितको लागि १ सय ९९ रनको चुनौति दिएको छ। टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरुलाई निरिह बनाउँदै सानदार सुरुवात गर्यो। गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले […]

April 21, 2025

कोलकाताले टस जित्यो

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ ।इडन गार्डेन्समा हुने खेलमा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ।शुभमन गिलको कप्तानीमा रहेको गुजरात शीर्ष स्थानमा र अजिन्के रहाणेको नेतृत्वमा रहेको कोलकाता सातौं स्थानमा छ।

April 20, 2025

मुम्बईको सानदार जित

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌ जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]

April 20, 2025

मुम्बईलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]

April 20, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।

April 20, 2025

आरसिबीसँग पन्जाबको हार

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लेइण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ। दुई दिन अघि पन्जाबले आरसिबीलाई‌ हराएको थियो। आज १ सय ५८ रनको लक्ष्य पछ्याएको आरसिबीले ७ बल बाँकी रहँदै ३ विकेट गुमाएर जित निकालेको छ।विराट कोहली र देवदत्त पडिकलले अर्धशतक बनाए ।कोहलीले नटआउट ७४ रनको योगदान गरे। देवदत्तले […]

April 20, 2025

आरसिबीलाई सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई जितको लागि १ सय ५८ रनको चुनौति दिएको छ। रोयल च्यालेन्जर्सले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल बनायो। प्राभसिम्रन सिंहले सर्वाधिक ३३ रन बनाउँदा सशांक सिंहले अविजित […]

April 20, 2025

आरसिबीले टस जित्यो

एजेन्सी –  रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। पन्जाब किंग्ससँगको खेलमा टस जितेर आरसिबीले फिल्डिङ रोजेको छ। श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीले पहिले ब्याटिङ गर्नेछ। तीन दिनमा यि दुई टोलीबीच यो दोस्रो भेट हो । शुक्रवारको वर्षाले प्रभावित खेलमा आरसिबीले सिजनको सबैभन्दा खराब प्रदर्शनमध्ये एक गर्यो […]

Success

Thank you for your time.