January 17, 2024
एजेन्सी – भारतका प्रमुख ब्याटर विराट कोहली र विकेटकिपर अफगानिस्तानसँगको तेस्रो टि२० आई खेलमा गोल्डेन डक आउट भएका छन् । बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले कमजोर सुरुवात गरेको छ । तीव्र गतिका बलर फरिद अहमदको तेस्रो ओभरको तेस्रो बलमा यशस्वी जैसवाल ४ रनमा मोहम्मद नाबीबाट क्याच आउट भए । लागत्तै अर्को बलमा विराट […]
January 17, 2024
काठमाडौं – तीव्र गतिका बलर दीनेश अधिकारी र स्पिनर दीपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६४ रनले हराएको छ । जितको लागि १ सय ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १ सय २४ रनमा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले ७७ बलमा ३ चौका […]
January 17, 2024
एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुड र प्याट कमिन्सको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई पहिलो दिन नै अल आउट गरेको छ । घरेलु टोली अष्ट्रेलिया पहिलो दिनमा ५९–२ को अवस्थामा छ । अष्ट्रेलिया १ सय २९ रनले पछि छ । डेविड वार्नरले सन्न्यास लिएपछि स्टिभ स्मिथले ओपनिङ गरेका थिए । तर स्मिथ […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको ऐतिहासिक जित हात पारेको छ । बागमतीले प्रधानमन्त्री कपमा पहिलो पटक आर्मीलाई हराएको हो । राष्ट्रिय स्तरको प्रतियोगितामा यसअघि २०२१ को काठमाडौं मेयर्स कपमा बागमतीले आर्मीलाई १० रनले हराएको थियो । जितको लागि ९८ रनको सामान्य लक्ष्य बागमतीले २२.१ […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७.१ ओभरमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक […]
January 17, 2024
एजेन्सी – ओपनर फिन एलेनले १६ छक्कासहित विष्फोटक शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानलाई ४५ रनले हराउँदै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा ३–० को अग्रता लिएको हो । जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौं र भैरहवामा जारी छ । ७ प्रदेश र तीन विभागीय टोलीबीच पिएमकप इतिहासमै पहिलो पटक राउन्ड रोविनको आधारमा भएको छ । यस पटक पिएम कपमा मधेश प्रदेश बाहेक अन्य सबै ९ टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले भित्र्याएको प्रायोजकको विज्ञापन जर्सीमा मुख्य स्थान […]
January 17, 2024
एजेन्सी – ओपनर फिन एलेनले कीर्तिमानी छक्काको वर्षा गराएसँगै न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानलाई २ सय २५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धाारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २४ रन बनायो । न्युजिल्यान्डका ओपनर फिन एलेनले ६२ बलमा ५ चौका र १६ छक्कासहित १ […]
January 16, 2024
एजेन्सी – जिम्बावेले दोस्रो टि२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–१ को बराबरी गरेको छ । जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेका ओपनर क्रेग इर्विनले ५४ बलमा […]
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू१९ विश्वकप अघि नेपालको अन्तिम वार्मअप खेल वेस्टइन्डिजविरुद्ध वर्षाको कारण रद्द भएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल दिउँसो १ : ४५ मा सुरु हुनेपर्ने थियो । तर वर्षाकै कारण आधा घण्टा ढिलो टस भएको थियो । नेपालले टस जितेर वेस्टइन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो । वेस्टइन्डिजले ८.३ ओभरमा १ […]