default_image

क्रिकेट

January 18, 2025

पिएम महिला कप – एपिएफ अपराजित रहँदै सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ । धनगढीमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । […]

January 18, 2025

यु १९ महिला विश्व कप – बंगलादेशलाई नेपालको झिनो लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ चलेन। पहिले ब्याटिङ गरेको नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको छ । बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल तयार गर्यो । नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् […]

January 18, 2025

यु १९ महिला विश्व कप- नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा सुरु भएको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले बंगलादेशसँगको खेलमा टस हारेको छ । नेपालले बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ। विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । नेपालको प्लेइङ-११ सोनी पाख्रिन, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया […]

January 18, 2025

यु १९ महिला विश्व कप – नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]

January 17, 2025

महिला पिएम कप – लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 17, 2025

महिला पिएम कप – सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण […]

January 17, 2025

आइसिसी यु १९ महिला विश्व कप – सुपर सिक्स नेपालको पहिलो लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश सामना गर्दैछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात […]

January 17, 2025

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट यसै महिना

धनगढी (हाम्रो खेलकुद)- यसै महिना धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक गो ड्रिमर्सले माघ १९ गतेदेखि २८ गते सम्म अर्जुन ट्रफी हुने बिहीवार धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । अर्जुन ट्रफीलाई‌ नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो बार्षिक क्यालेण्डरमा […]

January 17, 2025

कुशल सम्मिलित डेजर्टको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार तेस्रो जित हासिल गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा डेजर्टले बिहीवार भएको खेलमा एमआई इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ । डेजर्टले लगातार ३ खेल जित्दा कुशलले भने लिगमा डेब्युको अवसर पाएका छैनन् । एमआईले […]

Success

Thank you for your time.