January 24, 2024
एजेन्सी – श्रीलंकाले आइसिसी यू १९ विश्व कप क्रिकेटमा एक सय ३३ रनको योगफललाई पनि जोगाएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपमा लगातार दोस्रो खेल जित्ने क्रममा बुधबार नामिबियालाई ७७ रनले पराजित गरेको छ । एक सय ३४ रनको लक्ष्य पछ्याएको नामिबिया २७ ओभरमा ५६ रनमा अलआउट भएको थियो । टोलीका लागि पिटर डानियल […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा पाकिस्तानले नेपाललाई हराएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै […]
January 24, 2024
एजेन्सी – इराक र जापान जारी एएफसी एसियन कपको समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । भियतनाममाथि रोमान्चक जित हात पार्दै इराक समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । १० जनामा सिमित भियतनामलाई इन्जुरी टाइमको गोलको मद्दतले ३–२ ले पराजित गर्यो। खेलको ४२ औं मिनेटमा बुइ होआङ […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दले आइसीसी यू१९ विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध जारी खेलको एकै ओभरमा दुवै ओपनरको विकेट लिएका छन् । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले उत्कृष्ट सुरुवात पाएको थियो । पहिलो विकेटका लागि बनेको ८१ रनको साझेदारी आकाशले तोडेका हुन् । खेलको २२ औं ओभरको […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर सुनिल धमला घरेलु क्रिकेटको शीर्ष प्रतियोगिता प्रधानमन्त्री कप २०२४ बिचमै छाडेर अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । सुनिलले मुलपानी क्रिकेट मैदानमा बुधबार पुलिसबाट अन्तिम खेल खेले । मधेश प्रदेशविरुद्ध जित दर्ता गर्ने क्रममा उनले २७ बलमा ३ चौका र २ छक्कासहित २८ रन जोडेका थिए । पुलिसको […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन जोड्यो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन । पाकिस्तानका स्पिनरविरुद्ध […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप २०२४ अन्तर्गत लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थनगर रंगशालामा खराब मौसमका कारण २६ ओभरमा घटाइएको खेलमा आर्मीले ६५ रनको जित दर्ता गरेको हो । आर्मी यस जितसँगै ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । लुम्बिनी १ जितका साथ नवौं स्थानमा छ […]
January 24, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – कोशी प्रदेशले जारि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार बेहोरेको छ । टियु क्रिकेट मैदान, किर्तिपुरमा बुधबार भएको खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको हार बेहोरेसँगै कोशीले आठ खेलमा लगातार हार बेहोरेको हो । कोशीले दिएको १२४ रनको लक्ष्य सुदुरले २१.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरका लागि […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टस जितेको छ । कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहेका छन् । विपिन […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप २०२४ मा लगातार पाँचौ जित दर्ता गर्ने क्रममा मधेश प्रदेशलाई हराएको छ । मुलपानी क्रिकेट मैदानमा मधेशमाथि ६ विकेटको जित निकाल्दै पुलिसले शत प्रतिशत जितको नतिजालाई कायम राख्यो । मधेशले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पुलिसले १९ औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिस […]