default_image

क्रिकेट

January 28, 2024

विनोद र बसिरको कीर्तिमानी साझेदारीमा आर्मीको विशाल योगफल 

काठमाडौँ (हाम्रो खेलकुद) – कप्तान बिनोद भण्डारी र बसिर अहमदको कीर्तिमानी साझेदारीको मद्दतले त्रिभुवन आर्मी क्लबले जारि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो ।    बिनोद र बसिरले १६९ रनको साझेदारी […]

January 28, 2024

विश्वकपमा ‘आकाश’ छुने उडान

सन्देश सिग्देल, काठमाडौं तीव्र गतिका युवा बलर आकाश चन्दले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तान विरुद्ध पाँच विकेट लिएर नेपाली क्रिकेटमा मात्र नभइ विश्व क्रिकेटमा आफ्नो छाप छोडेका छन् । चन्दले आफ्नो ज्वलन्त बलिङका साथ नेपाललाई सुपर सिक्स चरणमा पुर्‍याउन निर्णायक भुमिका खेल्दै अफगानी इनिङ्सलाई धराशायी पारेका थिए । २०१९मा काठमाडौंमा भएको यू-१९ विश्वकप […]

January 27, 2024

गण्डकीको लगातार दोस्रो जित

सुशिल पन्त क्षेत्री, चितवन गण्डकी प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा लगातर दोस्रो जित निकालेको छ । गण्डकीले शनिबार आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हरायो ।गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको थियो । चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाईएको खेलमा शनिबार कोशीले दिएको ५९ […]

January 27, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । एपिएफले मुलपानीमा गण्डकी प्रदेश माथि ८८ रनको जित दर्ता गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । २०८ रनको मध्यम लक्ष्य पछ्याइरहेको गण्डकी ३३.४ ओभरमा ११९ रनमा समेटियो।  गण्डकीका लागि ओपनर समिर कंडेलले सर्वाधिक ३३ रनको […]

January 27, 2024

लुम्बिनी विरुद्ध बागमतीको सहज जित 

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ । शनिवार भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेश माथि ६ विकेटको जित हासिल गरेको हो । जित सँगै बागमतीले ९ खेलमा ६ जित सहित १२ अंक बनाउँदै लिग चरण टुंगाएको छ । बागमतीले अब […]

January 27, 2024

सुर्यको उत्कृष्ट बलिङमा लुम्बिनीको लज्जास्पद ब्याटिङ 

काठमाडौँ (हाम्रो खेलकुद) – स्पिनर सुर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारि खेलमा लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो । बागमतीका लागि सुर्य तामाङले १० ओभरमा २ […]

January 27, 2024

सुवाष आइसिसीको‌ कारबाहीमा

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाली‌ यु १९ का स्पिनर सुवाष भण्डारीलाई कारबाहीमा गरेको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकपमा पाकिस्तानविरुद्धको खेलका दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ । आईसीसीले सुवाषलाई एक डेमेरिट प्वान्ट दिएको छ । नेपालले ५ विकेटले गुमाएको पाकिस्तानविरुद्धको त्यो खेलको १४औं ओभरमा […]

January 26, 2024

नेपालले सुपर सिक्समा को सँग खेल्छ?

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा अफगानिस्तान हराएसँगै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको छ । अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूहको तेस्रो स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले ३ खेलमा २ अंक जोड्दा अफगानिस्तान भने अंकविहिन रहँदै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो । समूह चरणमा […]

January 26, 2024

अफगानिस्तानलाई हराउँदै नेपाल यु- १९ विश्वकपको सुपर सिक्समा 

काठमाडौँ (हाम्रो खेलकुद) –  नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९  विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि […]

January 26, 2024

मैयाँदेवी स्‍मृति यु १९ महिला क्रिकेट- गण्डकीको जित

सुशिल पन्त क्षेत्री,चितवन गण्डकी प्रदेशले मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा आज (शुक्रबार) बाट चितवनमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशविरुद्ध ७ विकेटको जित निकालेको हो । चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले […]

Success

Thank you for your time.