February 3, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – बागमती प्रदेशका खेलाडी सुर्य तामाङ प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको समापन पश्चात सुर्यलाई उत्कृष्ट खेलाडीको रुपमा घोषणा गरिएको हो । उत्कृष्ट खेलाडीको उपाधि संगै उनले एकथान मोटरसाइकल प्राप्त गरे । सुर्यले ९ खेल खेल्दै ३० विकेट लिन सफल भएका थिए । बागमती प्रदेश […]
February 3, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिता अवधिभर अपराजित रही उपाधि जित्ने क्रममा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि ६ विकेटको सहज जित हात पारेको हो । पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मी संग संयुक्त रुपमा […]
February 3, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को फाइनल खेलमा खराब सुरुवात गरेको त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब विरुद्ध इनिङ सम्हालिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ३४ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १०९ रन बनाएको छ । सोम्पाल कामी र विवेक यादब क्रमश: २६ र १७ रन बनाएर […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ विश्वकपमा नेपालले अन्तिम खेलमा भारतविरुद्ध फराकिलो हार बेहोरेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाल भारतसँग १ सय ३२ रनले पराजित भएको हो । २ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन […]
February 2, 2024
सुशिल पन्त क्षेत्री, चितवनबागमती प्रदेशले मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेशलाई शुक्रबार ६ विकेटले हराउँदै बागमती च्याम्पियन बनको हो । भरतपुरको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २३ […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाललाई भारतले २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रनको विशाल योगफल खडा गरेको हो । भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय इनिङ […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ विश्वकप अन्तर्गत नेपाल र भारत बीचको जारी खेलमा नेपालले मध्यम सुरुवात गरेको छ । ब्लोमफोन्टेनमा जारी खेलमा नेपालले २० ओभरको समाप्तीमा भारतको ३ विकेट लिँदै ९७ रन दिएको छ । नेपालका लागि आकाश चन्द र गुलशन झाले १-१ विकेट लिँदा एक विकेट रनआउट रहेको थियो । भारतका सुरुवाती ब्याटर […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाली यु-१९ का ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकपमा बंगलादेशविरुद्धको खेलका दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ । आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ । नेपालले ५ विकेटले गुमाएको बंगलादेशविरुद्धको त्यो खेलको इनिङ्सको छैठौं ओभरमा […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको दोस्रो तथा अन्तिम खेलमा आज भारतको सामना गर्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । नेपालले सुपर सिक्स खेल […]
February 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीले एक्लै सात विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको शतप्रतिशत जित हात पार्दै फाइनलमा प्रवेश गरेको छ । मुलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गर्दै लिग चरणमा ९ मध्य ९ जित हात पारेको हो । पुलिसले दिएको १९९ रनको लक्ष्य पछ्याएको […]