February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा बलर हेमन्त धामीले नेपाली सिनियर राष्ट्रिय क्रिकट टोलीबाट ओडीआई डेब्यु गर्दैछन् । क्यानडाविरुद्ध सोमबार हुने तेस्रो ओडीआईमा हेमन्तले डेब्यु गर्न लागेका हुन् । हेमन्तले नेपालबाट ४१ औं ओडीआई क्याप पाएका हुन् । उनलाई पूर्व क्रिकेटर राजु बस्न्यातले क्याप दिएका थिए । चोटका कारण आइसीसी यू१९ विश्वकप गुमाएपनि हेमन्त राष्ट्रिय टोलीमा […]
February 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युएइमा भएको आईसीसी यु–१९ विश्व कप एसिया छनोट उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, मुख्य प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख रुपैयाँ पुरस्कार दिइयो । टोलीका खेलाडीमा कप्तान देव खनाल, दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, […]
February 11, 2024
राकेश तिमल्सिना, चितवन विश्व प्रकाश मावि मंगलपुर र इडन गार्डेन स्कुल भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरद्यिालय क्रिकेटको लिग चरणमा प्रवेश गरेका छन् । आज भएको नकआउट खेलमा विश्वप्रकाशले जानकी मावि तेलौलीलाई ५ विकेटले तथा इडन गार्डेनले स्मल हेभन मोडल स्कुल भरतपुरलाई ७ विकेटले हराउदै लिग चरणमा स्थान बनाएका हुन् । भरतपुर १५ स्थित निर्माणाधिन […]
February 11, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलिया चौथो पटक आईसिसी यु-१९ विश्वकपको विजेता बन्न सफल भएको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनलमा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा समेटियो । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ […]
February 11, 2024
एजेन्सी – लगातार दोस्रो जित निकाल्दै अष्ट्रेलियाले वेस्ट इन्डिज विरुद्धको टि-२० शृंखलामाथि एक खेल बाँकी रहँदै कब्जा गरेको छ । दोस्रो टि-२० मा ३४ रनको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको शृंखला कब्जा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको शतकको मद्दतमा ४ विकेट गुमाएर २४१ रनको विशाल योगफल जोडेको थियो । […]
February 11, 2024
एजेन्सी – आइसीसी यू१९ विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनलमा साविक विजेता भारत र अष्ट्रेलिया भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । भारतले सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै अष्ट्रेलियाले रोमान्चक खेलमा पाकिस्तानमाथि १ विकेटको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का […]
February 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियामा आइतबार भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको जित दर्ता गरेको हो । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोकेको थियो । नेपालले उक्त लक्ष्य १२ औं ओभरमा […]
February 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप् अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानबाट ६६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोक्यो । भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन […]
February 10, 2024
राकेश तिमल्सिना, चितवन लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् । आज भएको खेलमा लक्ष्मीले चितवन माविलाई ५७ रनले तथा प्रभातले सिद्धार्थ मावि केरुङालाई ६ विकेटले हराउँदै लिग चरणमा स्थान बनाएका हुन् । भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार प्लेयर अफ द म्याच चुनिएका छन् । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गर्दा रोहितले दुवै ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गरे । कप्तान रोहितले अवार्डसँगै १५ हजार रुपैयाँ प्राप्त […]