default_image

क्रिकेट

January 22, 2025

अस्ट्रेलियाले दियो नेपाललाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपाललाई विशाल लक्ष्य दिएको छ । अस्ट्रेलियाले नेपाललाई १ सय ४० रनको लक्ष्य दिएको हो । मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गर्यो । अस्ट्रेलियाका लागि काओइमे ब्रेले […]

January 22, 2025

अस्ट्रेलियासँग नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको सुपर सिक्समा स्थान बनाउँन जित्नै पर्ने खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालले अस्ट्रेलियाविरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो । स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले मौका […]

January 22, 2025

दोस्रो बर्खा स्मृति पुरुष क्रिकेटको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा हुने दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंका अनुसार प्रतियोगिताको लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको काम पूरा भएको प्रसाईंले जानकारी दिए । माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति–३ स्थित […]

January 22, 2025

जित्नै पर्ने दबाबमा अस्ट्रेलियासँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग […]

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]

January 21, 2025

सन्दीपलाई‌ एक खेलको प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]

January 21, 2025

एपिएफका १५ खेलाडीलाई‌ विषेश बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]

January 21, 2025

महिला पिएम कप – मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। मधेश प्रदेशलाई मंगलवार ७ विकेटले हराउँदै बागमतीले सुपर फोरमा स्थान बनाएको छ । बागमती समूह ‘बी’बाट सुपर फोरमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो । यसअघि आजको पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सुपर फोरमा […]

January 21, 2025

महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

Success

Thank you for your time.