default_image

क्रिकेट

March 22, 2024

आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट एक्सन स्पोर्टसमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोली रटेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) बीच हुने क्रिकेट सिरिजका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने छ । नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टि–२० त्रिकोणात्मक सिरिजका […]

March 22, 2024

भारतीय फ्राञ्चाइज लिग आईपिएल आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटकै सबैभन्दा ठूलो घरेलु टि-२० फ्रानचाइज लिग इंडियन प्रिमियर लिग (आईपिएल) आजदेखि सुरु हुँदैछ । उद्दघाटन खेलमा बेलुका ८:१५ बजे चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् । पाँच पटकको विजेता चेन्नाईको कप्तानीबाट महेन्द्र सिंह धोनी हट्दै जिम्मेवारी रुतुराज गाइक्वाडलाई दिएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा चेन्नाईले धोनी यसपटक […]

March 21, 2024

इण्डो नेपाल कपको उद्घाटन खेलमा भरतपुर विजयी

राकेश तिमल्सिना, चितवन चितवन जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भरतपुर मेयर्स ११ ले विजयी भएको छ । बागमती प्रदेशविरुद्ध ८ रनको रोमाञ्चक जित निकाल्दै भरतपुरले विजयी सुरुआत गरेको हो । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ […]

March 21, 2024

बुवाको सम्झनामा यु–१९ क्रिकेट आयोजना गर्दै शक्ति

सुमन अधिकारी, बुटवल नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नामबाट सुरु गरेको अन्डर १९ क्रिकेट प्रतियोगितालाई छैठौं संस्करणबाट राष्ट्रिय स्तरको प्रतियोगिता बनाएका छन् । प्रतियोगिताको पाचौं संस्करणसम्म रुपन्देही जिल्लाका क्लब तथा एकेडेमीहरुको सहभागितामा आयोजना गर्दै आएको प्रतियोगितालाई छैठौं संस्करणबाट रुपन्देही जिल्लाभन्दा बाहिरबाट पनि  क्लब सहभागी गराउने घोषणा गरेका हुन । बिहीबार […]

March 20, 2024

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्षबीच भेट

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का अध्यक्ष जर्ज बार्क्लेले बुधबार भेट गरेका‌ छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको बताएइको‌ छ । प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय […]

March 20, 2024

आयरल्यान्ड वल्भस र भारत भ्रमणका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भस विरुद्ध घरेलु मैदानमा दुई टि-२० खेल र भारतमा हुने फ्रेन्डशिप कपको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । क्यानले बुधबार १५ सदस्सीय टोलीको घोषणा गरेको हो । हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गरिएको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम विनोद […]

March 19, 2024

राखेप सदस्य सचिव र आइसीसी अध्यक्षबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी– २० क्रिकेटमा नेपालले […]

March 19, 2024

पहिलो कप्तान नेरीले क्रिकेटबाट सन्न्यास लिइन्

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरेकी छिन् । १७ वर्ष लामो क्रिकेट यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिँदै नेरीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सन्न्यास लिएको घोषणा गेकी हन्। ‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु। क्रिकेट […]

March 18, 2024

कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित

धनगढी (हाम्रो खेलकुद) – कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सोमबार फाप्ला मैदानमा सुरु भएको कैलाली प्रिमियर लिगमा शुक्लाफाँटाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । टोलीका […]

March 15, 2024

जीतपुरसिमरा क्रिकेट कप सुरु हुँदै

सुनिल गाँउले, सिमरा प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् । राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताका ६ टोलीलाई दुई समूहमा विभाजन […]

Success

Thank you for your time.