default_image

क्रिकेट

January 24, 2025

मलेसिया विरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन् । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका […]

January 24, 2025

दीपेन्द्र सम्मिलित गल्फ फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा फेरि पराजित भएको छ । गल्फ दुबई क्यापिटल्ससँग ५ विकेटले पराजित भएको हो । गल्फले पाँचौ खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ५४ रनको मध्यम लक्ष्य क्यापिटल्सले १८.४ ओभरमा ५ विकेट गुमाएर […]

January 24, 2025

छोराले तोडे बुवाको कीर्तिमान

एजेन्सी – इङ्ग्ल्याण्ड लायन्सका एक क्रिकेटरले आफ्नो बुवाको नाममा रहेको २६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । लायन्सका टोली सदस्य रकी फ्लिन्टफले सबैभन्दा कम उमेरमा शतक बनाउँने बुवाको कीर्तिमान तोडेका हुन् । बुवाले एन्ड्रयु फ्लिन्टफले सन् १९९८ मा नैरोबीमा केन्याविरुद्ध २० वर्ष २८ दिनको उमेरमा शतक प्रहार गरि किर्तिमान बनाएका थिए । छोरा रकीले भने […]

January 24, 2025

यु १९ महिला विश्व कप – नेपाल र मलेसिया खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले आजको खेलमा घरेलु टोलीको सामना गर्दैछ । विश्व कपको १३औं देखि १६औं स्थानका लागि हुने प्लेअफ खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुँदैछ । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै […]

January 23, 2025

देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]

January 23, 2025

भैरहवामा क्यान युथ कप हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]

January 23, 2025

जय नेपाल कप – लोकेशको शतकमा त्रिविको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]

January 23, 2025

महिला पिएम कप सम्झनाको अर्ध शतकमा‌ आर्मी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर सम्झना खड्काको अर्धशतकको सहयोगमा कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । बिहीवार भएको सुपर फोरको खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएको हो । आर्मी समूह बी को विजेता तथा सुदूरपश्चिम समूह ए को उपविजेता बन्दै सुपर फोरमा पुगेका थिए […]

January 23, 2025

महिला पिएम कप – बागमतीमाथि एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ । बिहीवारकाे पहिलाे खेलमा विभागीय टोली एपिएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई १० विकेटले पराजित गरेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । बागमतीले दिएको ४३ […]

January 23, 2025

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म […]

Success

Thank you for your time.