default_image

क्रिकेट

May 12, 2024

कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले […]

May 11, 2024

सैनिक महाविद्यालय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट स्कूललाई हराउँदै सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मारक यु-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमीफाइनल खेलमा सैनिकले ८८ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । सैनिकले दिएको १८२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कूल १७ ओभरमा ८३ […]

May 11, 2024

कृतिकाको उच्च प्रदर्शनमा मेयर्स-११ को जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीको उच्च बलिङ प्रदर्शनमा ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा आयोजक मेयर्स-११ ले विजयी सुरुवात गरेको छ । मेयर्स-११ ले बागमतीलाई ७ विकेटले हराएको हो । बागमती १५ औं ओभरमा ५२ रनमा अलआउट हुँदा मेयर्सले सहज लक्ष्य पाएको थियो । कृतिकाले ४ बलमा लगातर ४ विकेट लिँदै बागमतीको […]

May 11, 2024

ललितपुर मेयर्स कप क्रिकेट आजदेखि, रुविना नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आजदेखि ललितपुर मेयर्स कप २०८१ सुरु हुँदैछ । प्रतियोगितामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को सेमीफाइनल पुग्न सफल नेपाल एपिएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशसँगै ललितपुर मेयर्स ११ गरी कुल ५ टोलीको सहभागिता […]

May 11, 2024

नेपालले विश्वकपअघि ७ खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपअघि अबको ३ सातामा तयारीस्वरूप ७ खेल खेल्ने भएको छ । विश्वकपको तयारीका लागि एक महिनाअघि नै पुगेको टोलीले विश्वकपको खेल हुने ३ मध्य २ मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता वातावरणमा भिज्न अमेरिका पुगेको टोली हाल फ्लोरिडामा […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 10, 2024

आयरल्यान्डसँग पाकिस्तान स्तब्ध

एजेन्सी – आयरल्यान्डमा आज देखि सुरु भएको तीन खेलको टि-२० शृंखलाको पहिलो खेलमा घरेलु टोलीले पाकिस्तानलाई स्तब्ध बनाएको छ । कोल्नटार्फ क्रिकेट क्लब डब्लिनमा शुक्रबार भएको खेलमा आयरल्यान्डले पाकिस्तानलाई‌ ५ विकेटले हराएको हो । पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । १९औं ओभरमा सेट ब्याटर […]

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

May 9, 2024

न्यु होराइजनलाई यु १४ क्रिकेट उपाधि

सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]

May 9, 2024

विश्व कप छनोट भएको क्रिकेट टोलीले पुरस्कार पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]

Success

Thank you for your time.