default_image

क्रिकेट

Airee

September 13, 2017

भुटान सस्तैमा समेटियो , कप्तान दीपेन्द्रको ५ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगिता अन्तर्गत थाईल्याण्डविरुद्ध प्रभावशाली सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानविरुद्ध ५१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिंग रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । नेपालकालागि मध्यम गतिका बलर कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए […]

Np

September 13, 2017

भुटानसँगको खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपालले सहज प्रतिद्वन्द्वि मानिएको भुटानसँगको खेलमा पहिले फिल्डिङ गर्दैछ । भुटानले टस जितेर ब्याटिङ रोजेको हो । पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले हराएको नेपालले भुटानलाई पनि सहजै हराउने अनुमान गरिएको छ । भुटान पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित […]

nepal u19

September 12, 2017

नेपाल अर्को सहज जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल बुधबार दोस्रो सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा तुलानात्मक रुपमा भुटान भन्दा बलियो टोली थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै नेपालले प्रतियोगितामा दमदार सुरुआत गरिसकेको छ । भुटानलाई हराउने वित्तिकै नेपालको अघिल्लो चरण यात्रा लगभग पक्का हुनेछ । फाइनल पुग्ने दुई […]

Para

September 11, 2017

पदमलाई पारा एथलिट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– फरक ढंगले सक्षम रहेका खेलाडीका लागि पनि नेपाल खेलकुद पत्रकार मञ्चले सम्मान गर्ने परम्परा केही वर्षअघि नै सुरु गरेको थियो । त्यहि सिलसिलालाई निरन्तरता दिदै मञ्चले यो बर्ष पदम बडेलालाई पारा एथलिट अवार्डबाट सम्मानित गरेको छ । ब्लाइन्ड टि ट्वान्टी विश्व कप क्रिकेटमा आफुलाई उत्कृष्ट ब्याट्सम्यानका रुपमा सावित गरेको पदमलाई राजधानीमा जारी […]

sandip

September 11, 2017

थाईल्याण्ड २६ रनमा सिमित , सन्दिप एक्लैको नाममा ७ विकेट

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मलेसियास्थित क्लब अमानमा टस जितेर पहिले बलिङ्ग रोजेको थाइल्याण्ड २ सय ८२ रनको लक्ष पछ्याउने क्रममा २६ रनमा सिमित भयो । सन्दिप लामिछानेले नेपालका लागि ७ विकेट लिए । […]

Nepal

September 11, 2017

मलेसियामा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा पहिलो ब्याटिङ गर्दैछ । मलेसियास्थित क्लब अमानमा थाइल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल पहिलो पटक दिपेन्द्र सिंह ऐरीको कप्तानीमा उत्रदैछ । एसिया कप छनोटमा ८ टोलीको सहभागिता रहेको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई […]

nepal u19

September 10, 2017

पहिलो खेलमा ब्याटिङ सुधार्ने प्रशिक्षकको योजना

काठमाडौं (हाम्रो खेलकुद) –  नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट छनोटमा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल क्लब अमान मलेसियामा बिहान ९ः३० बजेपछि शुरु हुदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले समूह चरणको पहिलो खेलमा ब्याटिङ सुधार्ने योजनासहित मैदानमा उत्रने बताएका छन् । ‘यो समूहमा मलेसिया र सिंगापुर बलियो टोली हुन् । हाम्रो पहिलो खेल थाइल्याण्डसँग […]

cricket

September 10, 2017

पर्वत र स्याङ्जा विजयी

पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स र केकेएफ स्याङ्जा च्यालेन्जर्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । एमसीसी क्रिकेट मैदान नदीपुरमा आइतबार भएको खेलमा पर्वत टाइटन्सले इन्र्फम्याटिक कलेजलाई ५२ रनले तथा स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्सलाई ८ विकेटले पराजित गरेको हो । पर्वतले दिएको ११२ रनको लक्ष्य पछ्याएको इन्र्फम्याटिक कलेज […]

Anderson

September 9, 2017

इङ्ल्यान्डलाई टेस्ट श्रृखंला , वेस्ट इन्डिज ९ विकेटले पराजित

लन्डन (एजेन्सी)– इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट ९ विकेटले जित्दै घरेलु टोलीले श्रृखंलामाथि कब्जा जमाएको हो । १ सय ७७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १ विकेटको क्षतिमा आवश्यक रन पुरा गरेको थियो । जेम्स एन्डर्सनले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोलीको जितको आधार तयार भएको […]

MCl

September 9, 2017

माछापुच्छ्रे शीर्षस्थानमा – भिएम वारियर्सको पहिलो जित

पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा शनिबार भएको समूह चरणको तेस्रो खेलमा माछापुच्छ्रे लायन्सले पर्वत टाइटन्सलाई ४४ रनले पराजित गर्दै आफ्नो शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै माछापुच्छ्रे ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ तीन […]

Success

Thank you for your time.