November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पार्दै हिजो आफूलाई मलेसियामा जारी एससी यू १९ एसिया कप क्रिकेटमा बचाइराखेको थियो । तर आज बंगलादेशले मलेसियालाई हराएकाले नेपालको सम्भावना अलि कठिन भएको छ । बंगलादेशले मलेसियालाई २ सय६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ र […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्ध उमेर समूहमा एतिहासिक जितको श्रेय नेपाली युवा टोलीको मेहनत र उनीहरुको विश्वासलाई जाने प्रशिक्षक विनोद दासले बताएका छन् । मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको नेपालले दबाबका बीच तीन पटकको च्याम्पियन भारतलाई आज १९ रनले हराएको थियो । कुनै पनि उमेर समूहमा […]
November 12, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – एसीसी यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । बायोमास ओभलमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । नेपालले उमेर समूहमा भारतलाई हराएको पनि यो पहिलो पटक हो । नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको ८८ रनको मद्धतले मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले तिन पटकको विजेता भारत सामु १ सय ८६ रनको चुनौती प्रस्तुत गरेको छ । कप्तान दीपेन्द्रले १ सय १ बलमा ६ चौका र २ छक्काको मद्धतले ८८ रन बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतसँग खेल्दै गरेको नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन् । उनले ७१ बलमा २ चौका र १ छक्काको मद्धतले ५० रन पुरा गरेका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरको समाप्ती सम्म ५ विकेट गुमाउँदै […]
November 12, 2017
मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा दोस्रो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर भारतले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाली टोलीले बलियो भारतीय टोलीलाई ‘सप्राइज’ दिने आशा लिएको छ । भारतले भने पहिलो खेलमा मलेसियालाई २ सय २ रनले पराजित गर्यो ।
November 11, 2017
पोखरा (हाम्रो खेलकुद)– योङ्ग स्टार युथ क्लबले प्रथम पोखरा लेखनाथ खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक सहकर्मी राइजिङ्ग पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै योङ्ग स्टारले उपाधि जितेको हो । उपाधिसहित योङ्ग स्टारले १ लाख २३ हजार ४ सय ५६ रुपैंया प्राप्त गरे । राइजिङ्ग पोखराले […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दशक भन्दा लामो समयपछि काठमाडौंको मुलपानीको माथिल्लो क्रिकेट मैदान खेल्न हुने भएको छ , जहाँ आज प्रदर्शन खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बहुप्रतिक्षित मुलपानी क्रिकेट मैदानको उद्घाटन गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रदर्शनी खेलमा सदस्य सचिव ११ र भेट्रान ११ बीचको प्रदर्शनी […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सिभिल बैंक चौथो संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सिभिल बैंकले आइसीएफसी फाइनान्समाथि ३ रनको रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । ८१ रनको लक्ष्य पछ्याएको आइसीएफसीले निर्धारित ५ ओभरमा ६ विकेट गुमाएर ७७ रनमात्र बनाउन […]
November 11, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – एसिसी यू–१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएपछि नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले समग्रमा नेपालले राम्रो खेल खेलेको तर नतिजा आफ्नो पक्षमा नअाउँदा दुःख लागेको बताएका छन् । ‘हाम्रो सुरुवात राम्रो भएन । ८० रनको स्कोरमा ४ विकेट गइसकेको थियो।’ उतारचढाव युक्त खेलबारे बताउँदै […]