November 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी आइसीसी ट्वेन्टिट्वेन्टि एसिया क्षेत्रको छनोटमा नेपाली महिला टोलीले मलेसियालाई ३३ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आफ्नो निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय सिता मगर (३७) र ज्योति पाण्डे (२१) ले राम्रो सुरुवात गरेका थिए […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी आइसीसी महिला ट्वेन्टिट्वेन्टि छनोट अन्तर्गत नेपाल युएईसँग ५ रनको झिनो अन्तरले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७९ रन बनाएको थियो । युएईका लागि नतासा चेरियाठले २३ तथा ओपनर इसा रोहित ओजाले २२ रनको योग्दान दिएका थिए । नेपालको लागि रुबिना क्षेत्रीले […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाले अघिल्ला दुई खेलमा अंक बाढेको नेपालले आइसीसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा आज तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । खेल बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ । यसअघि नेपालले आयोजक थाइल्यान्ड र हङकङसँगको […]
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – युएईविरुद्धको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि दोस्रो चरणमा २० खेलाडी छनोट भएका छन् । सातौँ चरणको खेलको लागि तीन सदस्यीय छनोट समितिले दोस्रो चरणमा २० खेलाडीको छनोट गरेको हो । छनोट चरण नोभेम्वर १६ देखि २० तारिखसम्म कीर्तिपुर क्रिकेट मैदानमा भएको थियो । मेहबुुब आलम र सौरभ खनाल चोटका कारण […]
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डले अंक बाँडेका छन् । थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध बनेपछि दुवै टिमले १–१ अंक बाँडेका हुन् । थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा बिना विकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो । […]
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आज आइसिसी महिला विश्व टि ट्वान्टी एसिया छनोट सुरु हुँदैछ । पछिल्लो दुई संस्करणको एसिया छनोटको विजेता रहि रहेको थाइल्यान्डसँग यसपटक नेपाल, चीन, हङकङ, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) ले प्रतिस्पर्धा गर्दैछ । आज पहिलो खेलमा रुविन क्षत्रीको कप्तानीमा रहेको नेपालले थाइल्यान्डको सामना गर्दैछ । नेपाली समयअनुसार खेल दिउँसो १२ः४५ […]
November 19, 2017
क्वालालम्पुर (एजेन्सी)– अफगानिस्तानले एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनको भारी अन्तरले हराउँदै अफगानिस्तानले उपाधि जितेको हो । पाकिस्तानले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । त्यसको भरपुर फाइदा उठाउँदै अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४८ […]
November 18, 2017
पोखरा (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) टोली पोखरा राइनोजले एक स्थानिय खेलाडी छनोटका लागि पोखरामा ‘ट्यालेन्ट हन्ट’ सुरु गरेको छ । ट्यालेन्ट हन्टको पहिलो चरणमा कास्की र आसपासका जिल्लाका झन्डै १ खेलाडीको सहभागिा थियो । शनिबार दिनभर उनीहरुले पोखरा क्रिकेट मैदानमा ब्याटिङ, बलिङ र विकेट किपिङ गरे । त्यसमध्येबाट बन्द प्रशिक्षका लागि ७ […]
November 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा भाग लिएर नेपाली युवा टोली आज स्वदेश आइपुगेको छ । सेमिफाइनल हिजो अफगानिस्तानसँग पराजित भएसँगै नेपाली टोली स्वदेश फर्केको हो । युवा टोलीलाई राष्ट्रिय टोलीका शरद भेषावकर, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अधिकृत छुम्बी लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्रिभुवन […]
November 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियाबाट नेपाल एयर लाइन्समार्फत युवा टोली बिहान १०ः३५ मा ओर्लने क्रिकेट एनालिस्ट रमश शिवाकोटीले जानकारी दिएका छन् । सेमिफाइनलमा हिजो अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । यद्दपी नेपाली टोलीले समूह चरणमा उच्च प्रदर्शन […]