default_image

क्रिकेट

November 30, 2017

इपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले बिहिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनले ललितपुर पेट्रिएटससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमा १ खेल मात्रै हुनेछ भने अरु दिनमा २ वटा खेल हुने […]

Nepali Cricket Team

November 29, 2017

युएईसँग खेल्नुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएलसी) का अन्तिम दुई खेल खेल्न नेपाली क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली इत्तिहाद विमानबाट आज दिउँसो ४ः३० बजे अबुधावी उडेकोे हो । टोलीमा प्रमुख प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमण सिवाकोटी पनि […]

November 29, 2017

नेपाली क्रिकेट टोली आज युएई जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली टोली आज त्यसतर्फ जाँदैछ । पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको दुई दिनअघि घोषणा भएको थियो । युएईसँग उत्रनुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ । नेपालले शुक्रबार अमेरिका र त्यसपछि आइतबार केन्यासँग […]

Nepal Cricket Team vs Oman (5)

November 27, 2017

युएईविरुद्ध नेपाली टोलीको घोषणा,शक्तिको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि आज पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । सिनियर खेलाडी शक्ति गौचनले टोलीमा पुनरागमन गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र […]

November 27, 2017

महिला विश्व टि ट्वान्टी छनोटमा नेपाल तेस्रो, हङकङमाथि ३६ रनको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तेस्रो स्थानमा रहँदै आइसीसी महिला विश्व टि ट्वान्टी क्रिकेट एसिया छनोटको यात्राको अन्त्य गरेको छ । थाइल्यान्डमा भइरहेको छनोटको प्ले अफमा आज हङकङलाई ३६ रनले हराउँदै नेपाल तेस्रो भएको हो । राउन्ड रोविन लिगमा तेस्रो स्थानमा रहेको नेपाल र चौथो स्थानको हङकङबीच प्ले अफ भएको थियो ।  ९५ रनको लक्ष्य पछ्याएको […]

November 27, 2017

प्ले अफमा पनि नेपालको कमजोर ब्याटिङ,हङकङलाई ९५ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसीसी महिला टि ट्वान्टी विश्व कप क्रिकेट एसिया छनोटको तेस्रो स्थानको प्ले अफमा हङकङलाई ९५ रनको लक्ष्य दिएको छ । थाइल्यान्डमा जारी प्रतियोगितामा राउन्ड रोविन लिगमा छनोटबाट बाहिरिएका तेस्रो स्थानमा रहेको नेपाल र चौथो स्थानको हङकङबीच प्ले अफमा भइरहेको छ । उपाधिका लागि भने शीर्षस्थान रहँदै ग्लोबल छनोटमा पुगेका आयोजक थाइल्यान्ड […]

Nepal Womens Cricket

November 26, 2017

नेपाल विश्व कप क्रिकेटको ग्लोबल छनोटमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइसिसी महिला टि ट्वान्टी विश्व कप क्रिकेट अन्तर्गत ग्लोबल छनोटमा पुग्न असफल भएको छ । २ जित, २ बराबर र १ हार बेहोरेको नेपाल विश्व कप क्रिकेट अन्तर्गत एसिया छनोटको शीर्ष २ मा पर्न असफल भएको छ । वर्षाका कारण सुरुआती २ खेलमा अंक बाड्नु र संयुक्त अरब इमिरेट्स (युएई) सँगको […]

November 26, 2017

टि–ट्वान्टी विश्वकप छनोट- नेपालले चीनलाई ५० रन हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेल चीनलाई ५० रनले हराएको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीन १८.२ ओभरमा ५२ रन जोड्दै अलआउट भएको थियो । नेपाली बलरहरुका सामू चीनका कुनै पनि खेलाडी लामो समय टिक्न सकेनन् । कप्तान रुविना क्षेत्री र सबनम राईले […]

November 26, 2017

टि–ट्वान्टी विश्वकप छनोट-नेपालले चीनलाई १ सय ३ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेल कमजोर ब्याटिङ गर्दै चीनलाई १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा चीनले टस जितेर नेपाललाई ब्याटिङको आमन्त्रण गरेको थियो । नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

Nepal Womens Cricket

November 26, 2017

विश्व कप छनोटमा नेपालले चीनको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज चीनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपाली समयअनुसार बिहान ८ः४५ मा सुरु हुँदैछ । विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्ने झिनो आशाका साथ नेपालले अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ । वर्षाका कारण सुरुआती दुई […]

Success

Thank you for your time.