default_image

क्रिकेट

June 6, 2017

रोमान्चक जितसँगै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक सेमिफाइनलमा पश्चिमाञ्चललाई ४ विकेटले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो । आर्मीले उपाधिको लागि बिहिबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । […]

June 5, 2017

बर्षाले प्रभावित खेलमा एपिएफलाई हराउदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) । विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित बनेको खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई डगवर्थ लुईस पद्दतिका आधारमा ३४ रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले दिएको २ सय […]

June 5, 2017

भारतले पाकिस्तानलाई हरायो

एजेन्सी – वर्षाले पटक पटक खेलमा बाधा ल्याएपनि भारतले आइसीसी च्याम्पियन्स ट्रफी २०१७को पहिलो खेलमा चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ एण्ड लेविस पद्दति अनुसार १ सय २४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय पाकिस्तानको लागि खासै राम्रो रहेन। भारतीय ब्याटिङको क्रममा २ पटक पानी परेपछि अम्पायरले खेललाई ४८ ओभरमा […]

June 4, 2017

भारत र पाकिस्तान भिड्दै

एजेन्सी – इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स लिग अन्तर्गत आइतबार हुने खेलमा दक्षिण एसियाका दुई ठुला टोली भारत र पाकिस्तान भिड्दै छन्। प्रतियोगिताको पहिलो खेलमा विजयी सुरुवात गर्न आतुर यी दुई टोलीको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आफ्नो पछिल्लो ५ खेलमध्ये ३ खेलमा जित हात पारेको भारत प्रतियोगिताको उपाधिको दावेदार टोलीमध्य एक बलियो […]

June 4, 2017

दक्षिण अफ्रीकाको विजयी सुरुवात

एजेन्सी – ब्याटिङमा ओपनर हसिम अमला र बलिङमा स्पिनर इमरान ताहिर चम्किएसँगै दक्षिण अफ्रीकाले इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी २०१७मा श्रीलंकालाई ९६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९९ रनको योगफल खडा गर्यो। ओपनर क्विन्टन डे कक् २३ रन बनाउँदै […]

June 3, 2017

हसिमको करियरको पहिलो शतक

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत शनिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चलका लागि कप्तान हसिम अन्सारीले आफ्नो करियरकै पहिलो शतक प्रहार गरे। हसिमको शतकसँगै पाएको १ सय ८८ रनको लक्ष्य एपीएफले ४ विकेटको क्षतिमा प्राप्त गरेको थियो। १ सय २२ बलमा शतक पुरा गरेका हसिमले आफ्नो पारीमा […]

June 3, 2017

जितसँगै एपीएफ समूह विजेताः हसिमको शतक खेर गयो

काठमाडौं (हाम्रो खेलकुद) – मध्यमाञ्चलमाथि जित निकाल्दै नेपाल एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकसदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शनिबार भएको समूह चरणको अन्तिम खेलमा एपिएफले मध्यमाञ्चलमाथि ६ विकेटको जित निकालेको हो । एपिएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेको थियो । यो […]

June 3, 2017

अष्ट्रेलिया र न्युजील्याण्डको खेल वर्षाले रद्द

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट […]

June 2, 2017

नितेन मेमोरियललाई माइक्रोम्याक्स इन्डोर क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नितेन मेमोरियल स्कुलले माइक्रोम्याक्स अन्तरस्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भेलोसिटी एरिनामा शुक्रबार भएको फाइनलमा डिएभीलाई ३ विकेटले हराउँदै नितेन मेमोरियलले उपाधि जितेको हो । ८७ रनको लक्ष्य पछ्याएको नितेन मोमोरियलले १४ ओभरमा ५ विकेट गुमाउँदै ८८ रन जोडेको थियो । टोलीका लागि सुमन लिम्बुले २३ बलमा २३ रन बनाए […]

June 2, 2017

एपीएफ सेमिफाइनलमा प्रवेश

काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘ए’को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। टस जितेर ब्याटिङ गर्ने निम्तो पाएको मध्यपश्चिमाञ्चलले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ८१ रन जोडेको थियो। ओपनरद्वय […]

Success

Thank you for your time.