default_image

क्रिकेट

June 10, 2017

स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेटमा पोखरा र माछापुच्छ्रे विजयी

पोखरा (हाम्रो खेलकुद)– स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेट टि ट्वान्टी प्रतियोगिताको पहिलो दिन माछापुच्छ्रे क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखराको एमसिसी क्रिकेट मैदान भएको खेलमा माछापुच्छ्रेले स्याङ्जा क्रिकेट एकेडेमी ‘ए’ लाई २ विकेट र पोखराले रक ११ लाई ४१ रनले हराएको थियो । ९९ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले १७.३ […]

June 10, 2017

बंगलादेशको शानदार जित

एजेन्सी – शकिब अल हसन र महमुदुल्लाहले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरेपछि बंगलादेशले न्युजिल्यान्डलाइ ५ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी को दोश्रो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। २ सय ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले पारीको दोश्रो बलमै फर्ममा रहेका ओपनर तामिम इकबाललाई गुमाएको थियो। एक समय ३३/४को स्थितिमा […]

June 9, 2017

भारतको ऐतिहासिक हार

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको छ। ३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर भएको थियो। […]

June 8, 2017

राष्ट्रिय क्रिकेट खेलाडी नरेश विवाह बन्धनमा बाँधिए

काठमाडौं(हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान नरेश बुढाऐर विवाह बन्धनमा बाँधिएका छन् । राष्ट्रिय टोलीको ब्याट्सम्यान रहिसकेका नरेशले ममता खड्कासंग लगनगाँठो कसेका हुन्। घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका नरेशले धनगढी प्रिमिएर लिगमा भने काठमाडौँ गोल्डेन्सको प्रतिनिधित्व गरेका थिए। हाम्रो खेलकुद डट कम तर्फबाट नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना !

June 8, 2017

सागरसँगै सौरभ र सुशनलाई व्यक्तिगत उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत ४ व्यक्तिगत उपाधिमध्य पश्चिमाञ्चल र आर्मीले २/२ उपाधि जितेका छन्। म्यान अफ द सिरिजलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको थियो भने उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० हजार रुपैयाँ जितेका थिए। प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि आर्मीका अलराउन्डर सागर पुनले जिते। टोलीलाई […]

June 8, 2017

आर्मी र पुलिस प्रधानमन्त्री कपको संयुक्त विजेता

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त रुपमा विजेता बनेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार वर्षाले प्रभावित बनेको फाइनल खेल पुन सुचारु हुन नसक्दा दुवै टोली संयुक्त रुपमा विजेता बनेको हो । पुलिसले दिएको १ […]

June 8, 2017

पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले डकवर्थ लेविस पद्दतीका आधारमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय १९ रनको सामान्य योगफल खडा गरेको थियो। कप्तान एबी डे भिलियर्स करियरकै पहिलो गोल्डेन डकमा आउट भएको दक्षिण अफ्रिकी […]

June 7, 2017

कसले जित्ला प्रधानमन्त्री कपको उपाधि?

काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत बिहिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन्। किर्तिपुरस्थित टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने खेलमा बिनोद भण्डारीको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लबले मन्जित श्रेष्ठको कप्तानीमा रहेको नेपाल पुलिस क्लबको सामना गर्नेछ। प्रतियोगिताको एकमात्र अपराजित […]

June 7, 2017

बिरलै ‘एकदिवसीय’ बनेको प्रधानमन्त्री कप

सुबास हुमागाईं काठमाडौँ – जेठको दोश्रो साताबाट सुरु भएको प्रथम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह चरणका १२ खेल र सेमिफाइनल अन्तर्गतका दुवै खेल सम्पन्न भइसकेको छ। एकदिवसीय भनिएपनि प्रतियोगिताभर पुरा ५० ओभर खेलेको बिरलै देखियो। प्रतियोगितामा समूह ‘बी’ अन्तर्गतको लिग चरणको सुरुवाती ६ खेलमध्य कुनै टोलीले पनि पुरा ५० ओभर खेल […]

June 7, 2017

जितसँगै इङ्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत मंगलबार भएको खेलमा न्यूजिल्याण्डलाई ८७ रनले पराजित गर्दै आयोजक राष्ट्र इङ्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भएको छ। पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले ४९.३ ओभरमा अलआउट हुनुअघि ३ सय १० रनको विशाल योगफल खडा गरेको थियो। ओपनर एलेक्स हेल्सले ५६ रन तथा जो रुटले ६४ रन बनाएपछि घरेलु टोलीले राम्रो सुरुवात […]

Success

Thank you for your time.