default_image

क्रिकेट

December 14, 2017

क्रिकेट खेलाडी पृथुसहित डेजाभूका ८ जना पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ पर्नेमा क्रिकेट खेलाडी पृथु बास्कोटा पनि छन् ।  आज पक्राउ पर्नेमा क्लबका सञ्चालक पृथुसहित जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र इभेन्ट म्यानजमेन्ट कम्पनी केटिएम लाइभका रितेश […]

December 14, 2017

नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो ।   नारायण जोशी र मेख बहादुरसेन थापाले […]

December 14, 2017

म्यानमारविरुद्ध नेपालले बनायो ३ सय ५० रन, कप्तान रितको शतक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमारविरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा […]

December 14, 2017

म्यानमारविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणअन्तर्गत अन्तिम खेलमा आज म्यानमारको सामना गर्दै छ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ । सुरुआती दुई खेल जित्दै नेपाल सेमिफाइनल पुग्ने पहिलो टोली बनिसकेको छ । नेपालका लागि म्यानमार कमजोर प्रतिद्वन्दिका रुपमा हेरिएको छ । समूह ‘ए’मा नेपालले दुवै […]

December 13, 2017

श्रीलंका भारतसँग १ सय ४१ रनले पराजित

मोहाली (एजेन्सी) – भारतले दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई १ सय ४१ रनले पराजित गरेको छ । यस जितसँगै भारतले ३ खेलको सिरिजलाई १-१ को बराबरीमा ल्याएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९२ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले २ सय ८ रनको […]

December 13, 2017

ललितपुर प्याट्रियट्सले सार्वजनिक गर्‍यो तीन विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टोली ललितपुर प्याट्रियट्सले आफ्नो टिमबाट खेल्ने तीन विदेशी खेलाडीको नामवली सार्वजनिक गरेको छ । लिग आयोजक इपीएल प्राइभेट लिमिटेडले प्रत्येक टोलीमा ३ जना विदेशी खेलाडी अनिवार्य गरेको थियो । प्याट्रियट्सले बुधबार विदेशी खेलाडीको रुपमा दिल्ली डेयरडेबिल्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका योगेश नगरसहित दिल्लीकै सुबोध कुमार […]

December 13, 2017

रोहित शर्माले बनाए आफ्नो एक दिवसीय करियरको तेस्रो दोहोरो शतक

मोहाली (एजेन्सी) – भारतीय ओपनर रोहित शर्माले श्रीलंका विरुद्धको दोस्रो एक दिवसीय खेलमा दोहोरो शतक बनाएका छन् । २ सय ८ रन बनाएका रोहितको एक दिवसीय करियरमा यो तेस्रो दोहोरो शतक हो । एक दिवसीय क्रिकेटमा दोहोरो शतक बनाउन सफल रोहितसहित केवल ५ खेलाडि पर्छन् – सचिन तेन्डुल्कर, विरेन्द्र सेहवाग, क्रिस गेल र मार्टिन गप्टिल […]

December 12, 2017

पशुपति फारवेष्ट कपको तयारी अन्तिम चरणमा

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा बिहीबार सुरु हुने पशुपति फारवेष्ट कपको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लवको आयोजनामा हुने फारवेष्ट पशुपति कपको तेस्रो संस्करणमा १६ वटा टोलीले भाग लिने बताइएको छ । उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव बी र मदरल्याण्ड युवा क्लवले प्रतिस्पर्धा हुनेछ । गर्ने खेल तालिका सार्वजनिक […]

December 12, 2017

कीर्तिपुरमा ह्विलचियर क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा आगामी बिहीबारबाट हुने त्रिकोणात्मक श्रृखंलामा आयोजक नेपालसहित भारत र बंगलादेशको पनि सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ह्विलचियर क्रिकेट संघको आयोजनामा हुने टि ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपालले हिमाल आर्यालको कप्तानीमा १४ सदस्यीय […]

December 12, 2017

थाइल्यान्डमा नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनलाई बलियो बनाएको छ । दोस्रो खेलमा नेपालले आज हङकङलाई ४ विकेटले हराएको छ । हङकङले छाडेको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्दै जित हासिल गरेको थियो । पहिलो […]

Success

Thank you for your time.