default_image

क्रिकेट

June 26, 2017

भारतको जितमा रहानेको शतक

पोर्ट अफ स्पेन (एजेन्सी)– भारतले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले हराएको छ । लगातार दोस्रो खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङको निर्णय लिएको थियो । यो जितपछि भारतले पाँच एक दिवसिय श्रृखंलामा १–० को अग्रता लिएको छ । पहिलो खेल भने बर्षाका कारण अनिर्णित भएको थियो । […]

June 25, 2017

क्रिकेटर शरद र नायिका नीशा यसै साता विवाह गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारीबीच यसै साता विवाह हुने भएको छ। विवाह राजधानीमा असार १६ गते हुने शरदले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। क्रिकेटरहरु विवाह बन्धनमा बाँधिने क्रममा शरद पनि सोहि सुचिमा थपिएका छन्। यस वर्ष सुबास […]

June 24, 2017

महिला विश्वकप क्रिकेट आज सुरु हुँदै

लण्डन (एजेन्सी)–अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा आजदेखि महिला विश्व कप इङ्ल्यान्ड र वेल्समा सुरु हुने भएको छ । प्रतियोगितामा भारत, वेस्ट इन्डिज, पाकिस्तान, न्युीिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङल्याण्ड र श्रीलंका सहभागी छन् ।  प्रतियोगिताको उद्घाटन खेलमा ब्रिस्टोलस्थित मैदानमा न्युजिल्याण्डले श्रीलंकाको सामना गर्दा डर्बीस्थित मैदानमा भारतले इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार ३ः१५ बजे […]

June 24, 2017

भारत र वेस्ट इन्डिजबीचको पहिलो खेल अनिर्णित

पोर्ट अफ स्पेन (एजेन्सी)– बर्षाका कारण भारत र वेस्ट इन्डिजबीचको पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार अनिर्णित भएको छ । खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ३९.३ ओभरमा १ सय ९९ रन जोड्दा बर्षाका कारण खेल रोकिएको थियो । बर्षाको कारण दुई पटक सम्म रोकिएको […]

June 24, 2017

दक्षिण अफ्रीका ३ रनले विजयी

एजेन्सी – इङ्गल्याण्ड र दक्षिण अफ्रीकाबीच जारि टि२० शृंखलाको दोश्रो खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले ३ रनको जित हासिल गरेको छ। जितसँगै ३ खेलको शृंखला १-१को बराबरी भएको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७४ रन जोडेको थियो। कप्तान एबी डे भिलियर्सले २० बलमा ४ चौका र […]

June 23, 2017

कौस्तुभलाई एइसी सुपर कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कौस्तुभ कलेज एइसी सुपर कप इन्डोर क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।  कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट खेल मैदानमा शुक्रबार भएको फाइनलमा कौस्तुभ कलेजले चितवन टाइगर्सलाई १ सय रनले पराजित गर्दै च्याम्पियन बनेको हो। चितवन टाइगर्सले दिएको ६८ रनको लक्ष्य पछ्याएको कौस्तुभ कलेजले निर्धारित १८ ओभरमा १ सय ६७ रन बनाएपछि कौस्तुपले ६७ […]

June 23, 2017

नेपाल स्टोर्मको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्समाथि एक विकेटको जित हात पार्यो । लायन्सले टस जितेर पहिले ब्याटिङ गदै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनायो । लायन्सका […]

June 23, 2017

ज्ञानेन्द्रको पहिलो कमाई १६ सय : खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका समर्थकका लागि नयाँ नाम होइन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित उपकप्तान तथा आवश्यक पर्दा कप्तानी समेत गर्दै आएका ज्ञानेन्द्र टोलीका भरपर्दा ब्याट्सम्यान हुन्। २६ बर्षे ज्ञानेन्द्रले नेपालका सबै खाले उमेर समूहको टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन्। घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रले आफ्नै लगानीमा […]

June 23, 2017

यू-१९ राष्ट्रिय क्रिकेट टोली दिल्ली प्रस्थान

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९विश्वकपको छनोट चरणको तयारीका लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज दिल्ली प्रस्थान गरेको छ। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिन लिगमा खेलिने उक्त […]

June 22, 2017

अफगानिस्तान र आयरल्याण्डलाई टेष्ट मान्यता

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले आयरल्याण्ड र अफगानिस्तानलाई पूर्ण सदस्यता दिंदै टेष्ट खेल्ने ११औं र १२औं राष्ट्र बनाएको छ। आयरल्याण्ड र अफगानिस्तानले आइसीसी समक्ष ‘एसोएसियट सदस्य’बाट बढुवा हुन आवेदन दिएसँगै आज भएको आइसीसी बोर्ड बैठकले सो निर्णय पारित गरेको हो। आयरल्याण्डले सन् २००५मा ओडीआइ मान्यता प्राप्त गरेको थियो भने अफगानिस्तानले पहिलोपटक सन् २००९मा उक्त […]

Success

Thank you for your time.