July 3, 2017
एजेन्सी – कप्तान जेसन होल्डरले पाँच विकेट लिएपछि सामान्य लक्ष्य पछ्याइरहेको भारतलाई रोक्दै वेष्ट इन्डिजले ११ रनको जित हात पारेको छ। होल्डरले अन्तिम ओभरमा २ विकेट लिएपछि भारत अलआउट भएको थियो। पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ७८ रन जोडेको थियो। एक समय १३६/३को स्थितिमा रहेको वेष्ट […]
July 1, 2017
एन्टिग्वा (एजेन्सी) – वेस्ट इन्डिजसँगको तेस्रो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार ७८ रन बनाएपछि भारतीय विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी सर्वाधिक रन बनाउने विकेट किपरको दोस्रो स्थानमा उक्लेका छन् । धोनीले अष्ट्रेलियाका पूर्व विकेट किपर एडम गिलक्रिस्टलाई पछि पारेका हुन् । धोनीले २ सय ९४ खेल खेल्दै ५१.३१ को औसतले ९ हजार ४ सय ४२ […]
June 30, 2017
गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा […]
June 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य महबुब आलमले सिंगापुरको सिंगापुर एमर्जीङ स्टार्स क्रिकेट क्लबबाट एससीसी अन्तर्राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। सिंगापुर क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगिता अगष्ट ११ देखि १३सम्म सिंगापुरमा हुँदैछ। महबुब क्लबमा अनुबन्धित हुने पहिलो विदेशी खेलाडी रहेको क्लबले जनाएको छ। प्रतियोगितामा अष्ट्रेलिया, भारत, श्रीलंका, हङ्गकङ्ग, दक्षिण अफ्रीका […]
June 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारी आज विवाह बन्धनमा बाधिएका छन् । राजधानीको एक होटलमा उनीहरुको वैवाहिक कार्यक्रम जारी छ । उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । यो बर्ष विवाह गर्ने क्रिकेटरहरुको सुचिमा शरद पनि थपिएका छन् । यसअघि सुबास खकुरेल, नरेश बुढाएर, सौरभ खनाल, ममता […]
June 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरणको तयारीका लागि भारतको नोयडा पुगेको नेपाली टोली हाल प्रशिक्षणमा व्यस्त छ। टोलीले शनिबार भ्रमण अन्तर्गतको पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। १८ खेलाडी र ४ अफिसियल सहितको टोली १ साताअघि भारततर्फ लागेको थियो। बिनोद दसको प्रशिक्षणमा रहेको टोलीमा कलाम अलि सहायक प्रशिक्षक रहेका छन्। ४ […]
June 28, 2017
एजेन्सी – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अगस्टको सुरुवातमा टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन्। अघिल्लो बर्ष उनले क्रिकेट साउथ अफ्रीकालाई सन्न्यास लिने योजना सुनाएपनि क्रिकेट बोर्डले उनलाई खेल्न आग्रह गरेको थियो । उनले अगस्टमा नयाँ प्रशिक्षकको आगमनसँगै आफ्नो सन्यासको घोषणा गर्ने बुझिएको छ। डी भिलियर्सले टेस्टबाट सन्यास लिएपनि सन् २०१९को विश्वकपसम्म एकदिवसीय […]
June 28, 2017
कोलोम्बो (एजेन्सी) – श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौताको सर्तहरू उल्लंघन गरेको स्वीकारेपछि फास्ट बलर लासिथ मालिंगालाई बोर्डले ६ महिना निलम्बन गर्नुका साथै उनको आउदो खेलको खेल शुल्कको ५० प्रतिशत जरिवाना तोकेको छ । जिम्बाब्वेसँगको खेलका लागि १३ सदस्यको टोलीमा परेका मालिंगालाई श्रीलंका क्रिकेट बोर्डले जिम्बाब्वेसँगको खेलमा भने खेल्न दिने भएको छ । जिम्बाब्वेसँगको सिरिज पछि मात्र उनिमाथिको […]
June 28, 2017
मुम्बई(एजेन्सी) – अघिल्लो सम्झौता भन्दा ४ गुणा बढी रकममा बोली जित्दै चाइनिज मोबाइल ब्राण्ड कम्पनी भिभोले सन् २०२२ सम्मको आइपिएलमा आफ्नो नाम जोड्ने भएको छ। सन् २०१२मा पेप्सीले ५ बर्षे सम्झौता गरेपनि २ बर्ष बित्दै तोडेपछि भिभोदुइ वर्षकालागि आइपिएलसँग जोडिएको थियो। करिब १०० करोड भारतीय रुपैया प्रति वर्षको सम्झौतालाई चार गुणा भन्दा धेरै बढाउदै भिभोले […]
June 26, 2017
कार्डिफ (एजेन्सी)– निर्णायक खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै इङ्ल्यान्डले टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । तीन खेलको श्रृखंला इङ्ल्यान्डले २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रोमा दक्षिण अफ्रिका विजयी भएको थियो । दक्षिण अफ्रिकाले आइतबार टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले डाविड मालानको अर्धशतकसँगै ८ विकेटको […]