default_image

क्रिकेट

December 26, 2017

भैरहवालाई ८८ रनको सहज लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नवौं दिन आज पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्ल्याडियसर्टसलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको सामान्य योगफल तयार पारेको छ । जारी […]

December 25, 2017

भैरहवा प्ले अफमा, पोखरा ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्लाडियटर्स राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैराहवाले प्ले अफमा स्थान सुरक्षित गरेको हो । यसअघि विराटनगर वारियर्सले प्ले अफमा पुगिसकेको छ । अब प्ले अफमा दुई टोलीको टुङ्गो लाग्न बांकी […]

December 25, 2017

भैरहवालाई १ सय ९ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय लिएको पोखरा राइनोजले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनको योगफल तयार गर्‍यो । तीन खेलाडीले मात्र […]

December 25, 2017

काठमाडौंको छनोट सम्भावना झिनो, विराटनगर लिगमा अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार भएको खेलमा विराटनगरले काठमाडौं किङ्स इलेभेनलाई ८ रनले पराजित गर्दै लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा […]

December 25, 2017

काठमाडौंलाई १ सय ४८ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभेनलाई जितको लागि १ सय ४८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार गर्‍यो । विराटनगरका लागि बाबर […]

Dhoni

December 25, 2017

‘धोनी अझै विश्व नम्बर १ किपर’

इन्डोर (एजेन्सी) – बिसीसीआईका छनोट समितीका अध्यक्ष मनाभा प्रसादले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी अझै विश्वका सर्वोकृष्ट किपर रहेको बताएका छन् । विश्व कप नजिकिदै गर्दा छनोट समितीका अध्यक्षबाट यस्तो प्रशंसा पाउनु धोनीका लागि १८ महिना पछि हुने क्रिकेट विश्व कपमा स्थान बन्न सक्ने प्रवल सम्भावना रहेको बुझ्न सकिन्छ । प्रसादले यसअघि […]

December 24, 2017

श्रीलंकाविरुद्धको टि ट्वान्टीमा भारतको क्लिन स्विप

मुम्बई (एजेन्सी)– सबै क्षेत्रमा उच्च प्रदर्शन गरेपछि भारतले आन श्रीलंकालाई तेस्रो टि ट्वान्टी क्रिकेटमा ५ विकेटले हराएको थियो । यसअघि नै श्रृखंला जितेको भारतले तीन खेलमा क्लिन स्विप गरेको छ । भारतले यसअघि टेस्ट र एक दिवसिय क्रिकेटमा पनि श्रीलंकालाई हराइसकेको थियो । वाङखडे मैदानमा भारतीय बलरहरुले उच्च प्रदर्शन गरेपछि टस हारेर पहिले ब्याटिङको निमन्त्रणा […]

December 23, 2017

तस्विरमा टीभिएस एभरेष्ट प्रिमियर लिगको छैटौं दिन

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको छैटौं दिन विराटनगर र चितवनले जित दर्ता गरेका छन् । हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले छैटौं दिनमा लिएका केही तस्विरहर :

December 23, 2017

इपिएलमा चितवन टाइगर्सको पहिलो जित, ललितपुर ५ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघिका तीन खेलमा चितवन पराजित भएको थियो । ललितपुरले दिएको १ सय ३१ रनको लक्ष्य चितवन टाइगर्सले […]

December 23, 2017

चितवन टाइगर्सलाई १ सय ३१ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्सले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सलाई जितको लागि १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ३० रनको मध्य योगफल बनाएको हो । ललितपुरका लागि ओपनर […]

Success

Thank you for your time.