August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टारले सिंगापुरमा जारी पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । इण्डियन एसोसिएसनको खेल मैदानमा शनिबार भएको समूह चरणको दोस्रो खेलमा इमिर्जिङ स्टारले मेलवर्न क्रिकेट क्लबलाई डिएल पद्धतिमा २९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात […]
August 11, 2017
काठमाडौँ (एजेन्सी) – नेपाली महिला क्रिकेटमा लामो समयदेखि सक्रिय रहेको राइजिङ क्रिकेट फर वुमन (आरसीडब्लु) टोली विशेष प्रशिक्षणका लागि भारत पुगेको छ। विश्वकप छनोटको तयारीलाई लक्षित गर्दै ८ सदस्यीय टोली १५ दिने कार्यक्रममा सहभागी हुन शुक्रबार दिल्ली पुगेको हो। दिल्लीस्थित टि.एन. मेमोरियल एकेडेमीले नेपाली टोलीलाई प्रशिक्षणका लागि विशेष आमन्त्रण गरेपछि टोली त्यसतर्फ बुधबार प्रस्थान गरेको […]
August 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – सिंगापुरमा आजबाट शुरु भएको पाँचौ संस्करणको सिंगापुर क्रिकेट क्लब इन्टर नेशनल टी–२० क्रिकेट प्रतियोगितामा नेपालका दुई खेलाडी पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस र टिमका महत्वपूर्ण सदस्य मेहबुब सम्मिलित सिंगापुर इमर्जिङ […]
August 9, 2017
अर्जुन कार्की बागलुङ – तीब्र गतिका बलर करण केसी छोटो समयमा नेपाली क्रिकेटमा स्थापित नाम हो । अहिले उनको खेल मनपराउने धेरै छन् । तर, उनले जुन जिल्लाबाट अघि बढ्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको परिचय बनाए त्यो जिल्लामा भने क्रिकेटको अवस्था निकै उराठ लाग्दो छ । करणले पश्चिमको बागलुङबाट घरेलु क्रिकेटको यात्रा सुरु गरेका थिए । […]
August 6, 2017
पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि२०को खेलाडी किनबेच (अक्सन) सम्पन्न भएको छ। ६ टोलीको सहभागिता रहने प्रतियोगिता भदौको पहिलो साताबाट पोखरामा हुँदैछ। आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरेर १ सय ४५ खेलाडी मध्य ८४ खेलाडीलाई टोलीहरुले खरिद गरेका थिए। गण्डकी र धौलागिरी अञ्चलका […]
August 5, 2017
पोखरा (हाम्रो खेलकुद) – साउनको अन्तिम साताबाट सुरु हुने माछापुच्छ्रे क्रिकेट लिगको अक्सन आइतबार हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा हुने टि२० लिग भदौ ६ गतेदेखि पोखरामा हुँदैछ। १ सय ३५ खेलाडी सहभागी हुने अक्सनमा टोलीहरुले खेलाडीमाथि बोली लगाउनेछन्। गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरु मात्र सहभागी हुने यस प्रतियोगितामा ६ […]
July 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यहि आउँदो डिसेम्बर महिनामा हुने भएको छ। प्रतियोगिताको आयोजक इपिएल प्रा.लि.ले आज राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लोगो पनि अनावरण गरेको हो। गत सिजन ६ फ्र्यान्चाइज सम्मिलित लिगमा यस पटक भने ६ ओटा सहरको नाम प्रयोग गरिने भएको छ। उक्त टोलीहरुको मालिकको नाम भने […]
July 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गतवर्षदेखि सुरु भएको एभरेष्ट प्रिमिएर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यस वर्ष पनि आयोजना हुने भएको छ। पहिलो संस्करणको उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पन्चकन्या तेजले जितेको थियो। यस वर्ष हुने दोश्रो संस्करणबारे जानकरी दिन आयोजकले भोली राजधानीमा पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो संस्करणमा ६ टोलीको सहभागिता रहेको थियो […]
July 26, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड वाट सम्मानित गर्ने भएको छ । अर्वाडका लागि गठित छनौट समितीले अन्य विद्याका मनोनयन सार्वजनिक गर्ने क्रममा बुधबार रानाभाटलाई सम्मान गर्ने जानकारी दिएको छ । यसअघि चार विधामा अवार्ड दिए आएको मञ्चले यसपटक अर्को विधा थप […]
July 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट खेल्न सिंगापुर पुगेको नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै छ। प्रतियोगितामा ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै उपविजेता बनेको टोली विश्वकपमा छनोट हुन असफल रहेको थियो। १४ खेलाडी र ३ अफिसियल सहितको टोली आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने […]