January 21, 2018
सिड्नी (एजेन्सी) – अष्ट्रेलियालाई लगातार तेस्रो एक दिवसीय खेलमा पराजित गर्दै इङ्ल्याण्डले ५ खेलको शृंखला कब्जा गरेको छ । तेस्रो खेल इङ्ल्याण्डले १६ रनले जितेको हो । ३ सय ३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन मात्र बनायो । टस जितेर अष्ट्रेलियाले इङ्ल्याण्डलाई ब्याटिंग गर्ने निम्तो दिएपछि इङ्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लेग स्पिनर सन्दिप लामिछाने भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आइपिएल) को अक्सनमा परेका छन् । आइपिएलले सार्वजनिक गरेको ५ सय ७८ खेलाडीको सूचीमा सन्दीप पनि परेका हुन् । जनवरी २७ र २८ मा हुने आईपिएल अक्सनमा ३ सय ६० भारतिय खेलाडी समावेश छन् । प्रारम्भिक १ हजार १ सय २२ खेलाडीको सूचीलाई घटाएर आइपिएलले […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवामा जारी द नेक्सट नवौँ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिीनी आई ईन्सटिच्युटले जितेको छ । शनिबार सम्पन्न फाइनलमा तिनाउ विकाश बैंकलाई २ विकेटले हराउँदै लुम्बिनी आईले चौथो पटक सो उपाधि हात पार्न सफल भएको हो । टस जितेर तिनाउ बैंकले लुम्बिनी आईलाई निर्धारित ५ ओभरमा ६० रन बनाएको […]
January 19, 2018
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो । उक्त कार्यक्रम मानक मिडियाका निर्देशक रमेश क्षितिजले सन्चालन गर्नु भएको थियो। बरदुबईस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको […]
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन)ले त्रिबि क्रिकेट मैदान स्तरोन्नतिका लागि यसवर्ष २ करोड बजेट विनियोजन गरिएको बताएका छन् । ‘यो वर्ष नै त्रिवि मैदान स्तरोन्नततिका लागि २ करोड बजेट विनियोजन गरेका छौं । टियुमा बन्न लागेको बहुउद्देश्यीय कभर्ड हललाई १ अरब बजेट विनियोजन भएको छ ।’ नेपालमा पहिलोपटक आयोजना […]
January 19, 2018
ब्रिस्बेन (एजेन्सी) – अष्ट्रेलिया विरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा ४ विकेटको जित निकाल्दै इङ्ल्यान्डले ५ खेलको शृंखलामा २-० को अग्रता लिएको छ । २ सय ७१ रनको लक्ष्य इङ्ल्यान्डले ४४.२ ओभरमा मा ६ विकेट गुमाउँदै पुरा गरेको हो । लगातार दुई खेलमा आरोन फिन्चले शतक प्रहार गरेपनि दुवै खेलमा अष्ट्रेलियाले जित्न भने सकेन । २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका ओपनर जेसन […]
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मदन भण्डारी क्रिकेट सम्मानबाट शुक्रबार सम्मानित भएका छन् । मदान भण्डारी स्पोर्टस एकेडेमीको क्रिकेट विभागले कीतिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना गरेको प्रथम क्रिकेट महोत्सवका क्रममा पारसलाई सम्मान गरिएको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले पारसलाई सम्मान पत्र प्रदान गरिन् । पारसले २५ हजार रुपैयाँ […]
January 18, 2018
दुबई (एजेन्सी) – भारतीय कप्तान विराट कोहलीले बिहीबार भएको अाईसीसी अवार्डमा अाईसीसी क्रिकेटर अफ द इयरसहित चार उपाधि हात पारेका छन् । कोहली अाईसीसी अोडीअाई क्रिकेटर अफ द इयरको उपाधिसहित अाईसीसीको टेस्ट र वान-डे टोलीको कप्तानको रुपमा घोषित भए । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ टेस्ट क्रिकेटर अफ द इयर घोषित भए भने पाकिस्तानका हसन अली […]
January 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक नेपालमा आयोजना हुन गइरहेको क्रिकेट कार्निभलको सम्पूर्ण तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी कार्निभलको सम्पूर्ण तयारी पुरा भएको बताएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने क्रिकेट कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार र व्यवसायीबीच प्रदर्शनी खेल समेत […]
January 17, 2018
सेन्चुरियन (एजेन्सी) – भारत दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा पराजित भएको छ । ३ टेस्टको सिरिजमा भारत पहिलो टेस्टमा पनि पराजित भएको थियो त्यसैले यस हारसँगै भारतले सिरिज पनि गुमाएको छ । २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमै अलआउट भएपछि भारत पराजित हुने पुग्यो । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि […]