February 12, 2018
भैरहवा (हाम्रो खेलकुद) – रुपन्देही क्रिकेट संघले नेपालमै पहिलो पटक क्रिकेट खेलाडी, अम्पायर र अफिसियल तथा दर्शकहरुको जीवन बिमा गरेको छ । संघले फागुन १ गतेबाट सुरु हुने नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बिमा गरेको संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए । खेलाडी, अम्पायर, अफिसीयल र खेल हेर्ने दर्शकलाई हुन […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले हराउन सफल भयो । निर्धारित ५० ओभरमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ७ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा गर्यो । नेपालको टप अर्डर आज पनि क्रिजमा जम्न सकेन । डेब्यु गरिरहेका अनिल शाह आफूले खेलेको […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रह्यो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । १० ओभरमा ५ मेडेनका साथ […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्याको सामना गर्दै छ । केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ४१ ओभरको समाप्तिमा ५ […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । आज नेपालका लागि अलराउन्डर अनिल कुमार शाहले डेब्यु गर्दै छन् । टोलीमा उनी ओपनर दिलिप नाथको स्थानमा आएका छन् । खेलअघि कप्तान पारस खड्काले अनिललाई उनको पहिलो क्याप दिए […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आज नेपाली राष्ट्रिय क्रिकेट टोली जारी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्याको सामना गर्दै छ । विश्वको आँखा फेरि पनि नेपाली युवा बलर सन्दिप लामिछानेमाथि हुने छ । यहि महिना दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएका सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडि हुँदै छन् । आइपिएलमा छनोट भइसकेपछि धेरैको ध्यान सन्दिपको डिभिजन-२ को […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रोयल पिसी फाइटर पराजित भएर पनि खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । आइतबार समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको बालुवाटारसँग ६ विकेटले पराजित भएपनि समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । रोयलले दिएको १ सय ५९ रनको लक्ष्य बालुवाटारले १८ […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]
February 11, 2018
काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ […]