February 25, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चललाई आइतबार ७ विकेटले हराउँदै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पियन बनेको हो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र पूर्वाञ्चलले २ लाख रुपैयाँ प्राप्त गर्यो । ६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपिएफले १६.३ ओभरमा ३ विकेट […]
February 25, 2018
केप टाउन (एजेन्सी) – तेस्रो टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले श्रृंखला आफ्नो नाममा पारेको छ । भारतले श्रृंखलाको निर्णायक खेलमा गए राति जित दर्ता गर्न सफल रह्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्घारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सफल भएको थियो । जवाफमा […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोली एक दिवसिय विश्व कप क्रिकेट खेल्ने योजनालाई मुर्तरुप दिने प्रयाससँगै शनिबार राती यात्रामा निस्केको छ । दुईब हुँदै नेपाली टोली भोली जिम्बावे पुग्नेछ । जिम्बावेमा फागुन २० गते सुरु हुने आइसिसी विश्व कप छनोटमा चुनौती प्रस्तुत गर्न नेपाली टोली यात्रामा निस्केको हो । १० राष्ट्रको सहभागिता रहेको विश्व कप […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिगको पाँचौ संस्करणको प्रारम्भिक ड्राफ्टमा नेपाली खेलाडीले पनि नाम दर्ता गरेको जानकारी लिगको आधिकारिक वेबसाइटले जनाएको छ । सिपिएलले जनाए अनुसार कुल २ सय २७ जना विदेशी खेलाडीले ड्राफ्टका लागि दर्ता गरेका छन् । जसमा नेपाली खेलाडी पनि छन् । १८ देशका खेलाडीध्ये पाकिस्तानका ५३ र श्रीलंकाका ३२ खेलाडी छन् । […]
February 23, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । पूर्वाञ्चल शुक्रबारको जितसँगै अन्तिम चारमा पुगेपछि समिकरण पुरा भएको हो । अब सेमिफाइनलमा पूर्वाञ्चल मध्यमाञ्चल तथा एपिएफ र सदुरुपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । पुर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले हरायो भने शुक्रबार नै अर्को खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि […]
February 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरेको छ । सरकारले शुक्रबार पुरस्कृतसँगै जिम्बावे यात्रामा निस्कने टोलीको विदाई पनि गरेको थियो । सरकारले सोमबार घोषणा गरे बमोजिम १४ सदस्यीय राष्ट्रिय टोली पुरस्कृत गरेको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी […]
February 23, 2018
अजुर्न कार्की बागलुङ– नेपाली क्रिकेट टोली शनिबार जिम्बावेमा हुने एक दिवसिय क्रिकेट छनोटको यात्रामा निस्किदै छ । छनोटको खुड्किलोको रुपमा रहेको विश्व क्रिकेट लिग डिभिजन २ हालै नामिबियामा सम्पन्न भएको थियो । जहाँ समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडाको सामना गरेको थियो । त्यो खेलमा १ विकेटको जितपछि नेपालको जिम्बावे यात्रा पक्का भएको थियो । […]
February 22, 2018
धनगढी (हाम्रो खेलकुद) – एपिएफ र मध्यमाञ्चल कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । पश्चिमाञ्चल दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल जितेको सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको छ । समुह ए मा रहेको मध्यमाञ्चलले बिहीबार पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्यो । अर्को खेलमा एपिएफले पूर्वाञ्चललाई […]
February 22, 2018
काठमाडौं (हाम्रोखेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य यू–१९ टिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आईएमई बैंकले १ वर्षको लाग प्रायोजन गरेको छ । ग्लोबल आईएमईं बैकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दीपेन्द्रलाई १ बर्षका लागि ४ लाख रुपैयाको प्रायोजन गरेको छ । प्रायोजन सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेल र खेलाडी […]
February 22, 2018
काठमाडौं (हाम्रोखेलकुद)- सानिमा बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा खेलाडी सन्दीप लामिछानेको प्रायोजन रकम दोब्बर बनाएको छ । दुई वर्षअघि सन्दिपलाई मासिक २० हजार रुपैयाँ दिने सम्झौता गरेको सानिमाले बिहीबार पत्रकार सम्मेलनमार्फत सन्दिपलाई थप दुई वर्षको लागि मासिक ४० हजार रुपैया उपलब्ध गराउने सम्झौता गरेको हो । दुई वर्षको सम्झौतामा नविकरण भएपछि सानिमा […]