default_image

क्रिकेट

November 8, 2017

बंगलादेश भ्रमण फलदायी रह्यो – युवा टोली प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको युवा टोलीसँगको तीन अभ्यास खेल नेपाली टोलीका लागि निकै फलदायी भएको प्रशिक्षक विनोद दासले बताएका छन् । सोमबार राति स्वदेश फर्केको टोली एसीसी यू १९ एसिया कपमा भाग लिन हिजो राति मलेसिया गएको छ ।   बंगलादेश भ्रमणमा सुरुआती दुई खेलमा पराजित नेपाली टोलीले अन्तिम खेल जितेको थियो । बंगलादेशमा […]

November 7, 2017

भारतलाई टि ट्वान्टी श्रृंखला, ८ ओभरको खेलमा ६ रनले विजयी

थिरुवनन्तपुरम (एजेन्सी)– भारतले न्युजिल्यान्डविरुद्धको तीन टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । वर्षाले प्रभावित तेस्रो तथा निर्णायक टि ट्वान्टीमा आज न्युजिल्यान्डलाई ६ रनले हराउँदै भारतले उपाधि जितेको हो । सन् २०१५ को अक्टुबर यता भारतले घरेलु मैदानमा क्रिकेटको कुनै श्रृखंला गुमाएको छैन । टि ट्वान्टीअघि तीन एक दिवसिय श्रृखंलामा पनि भारतले न्युजिल्यान्डलाई २–१ ले हराएको […]

November 7, 2017

साविक विजेता सेन्चुरी बैंक र आइसिएफसीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता सेन्चुरी बैंक र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार दोहोरो जित हासिल गरेको छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सेन्चुरी बैंकले सेन्चुरी बैंकले आफ्नो पहिलो खेलमा पहिलो खेलमा माछापुच्छ्रे बैंकलाई ५ विकेटले तथा दोस्रो खेलमा अन्नपूर्ण मिडिया नेटवर्कलाई ६५ रनले हराएको […]

Kohli and Bumrah

November 7, 2017

भारत विरुद्ध न्युजिल्यान्ड: निर्णायक खेल आज

केराला (एजेन्सी) – घरेलु टोली भारतले आज तेस्रो तथा निर्णायक टि-ट्वेन्टि खेलमा न्युजिल्यान्डको सामना गर्ने छ । थिरुभनान्थापुरमको ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा खेलिने सो खेल नेपाली समय अनुसार ७.१५ बजे सुरु हुने छ । भारतले पहिलो खेल ५३ रनले जितेको थियो भने भ्रमणकारी टोली न्युजिल्यान्डले दोस्रो खेल ४० रनले जित्दै तीन खेलको श्रृंखला १-१ बनाएको थियो […]

November 7, 2017

युवा क्रिकेट टोली आज मलेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) –एसिया कप यू–१९ क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा टोली आज मलेसिया प्रस्थान गर्दैछ । एसिया कपकै लागि बंगलादेश पुगेर तीन अभ्यास खेल खेलेर सोमबार नेपाल आइपुगेको युवा टोली आज राति १२ बजे मलेसिया प्रस्थान गर्ने टेक्निकल एनलिष्ट रमन शिवकोटीले बताए । एसिया कपमा कात्र्तिक २५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । […]

November 5, 2017

तेस्रो अभ्यास खेलमा नेपालसँग बंगलादेश पराजित

काठमाडौं (हाम्रो खेलकुद) –  बंगलादेश भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टोलीले तेस्रो अभ्यासखेल आज जितेको छ । नेपालले घरेलु टोलीमाथि ६ विकेटको जित दर्ता गरेको हो । नेपाल र बंगलादेश दुवै कात्तिक २३ गते मलेसियामा सुरु हुने एसीसी यू १९ एसिया कपको अन्तिम तयारीमा जुटेका छन् ।   नेपालले यसअघिका दुई खेल ३ विकेट र […]

November 5, 2017

दोस्रो खेलमा न्यूजिल्यान्डसँग भारत पराजित

राजकोट (एजेन्सी)– न्युजिल्यान्डले भारतलाई शनिबार दोस्रो खेलमा ४० रनले हराउँदै तीन खेलको टि ट्वान्टी श्रृखंलामा १–१ को बराबरी गरेको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर ब्याटिङ रोजेका थिए । कोलिन मुनरोको शतकसँगै न्युजिल्यान्डले २ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । जवाफमा कप्तान विराट कोहलीको अर्धशतकका वावजुद भारतले ७ विकेटको क्षतिमा […]

November 4, 2017

अभ्यास खेलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको को तयारीमा रहेको नेपाली युवा टोली बंगालदेशसँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बंगालेदश भ्रमणमा रहेको नेपाली टोली आज घरेलु टोलीसँग २ सय २३ रनले पराजित भएको थियो । यसअघि बिहिबारको पहिलो खेल नेपालले ३ विकेटले गुमाएको थियो । आज बंगलादेशले दिएको २ सय […]

November 4, 2017

नेपाललाई २ सय २८ रनको लक्ष्य, सुरुआत कमजोर

काठमाडौं (हाम्रो खेलकुद) – यू १९ को दोस्रो अभ्यास खेलमा नेपालले २ सय २८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको बंगलादेशले दुई खेलाडीको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको नेपालको सुरुआत खराब भएको छ । यो समाचार तयार पर्दा सम्म नेपालले १५ […]

November 4, 2017

नेपाल र बंगलादेशबीच दोस्रो अभ्यास खेल सुरु

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको अन्तिम तयारीमा जुटेको नेपाल र बंगलादेशको युवा टोलीबीच आज दोस्रो अभ्यास खेल सुरु भएको छ । बंगलादेशको क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बंगलादेशले पहिले ब्याटिङ सुरु गरेको छ । दुई दिन अघि भएको  पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय […]

Success

Thank you for your time.