default_image

क्रिकेट

December 16, 2017

एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट सेमिफाइनल – नेपाल र मलेसिया भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ ९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका सबै ३ खेल जितेको नेपाल समूह एको विजेता र मलेसिया समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । अर्को सेमिफाइनल समूह बीको विजेता सिंगापुर र समूह एको उपविजेता हङकङबीच हुनेछ । […]

December 15, 2017

एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको स्वीकृति

 काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले हुन गइरहेको एभरेष्ट प्रिमियर लिगलाई स्वीकृति दिएको छ । यस निर्णयसँगै अब विदेशी खेलाडिहरु पनि सो प्रतियोगितामा सहभागी हुने पाउने छन् । आइसीसीले आफ्नो निर्णय सबै सदस्य मुलुकहरुसम्म पनि पुर्‍याएको छ । नयाँ नियमावली अनुसार घरेलु क्रिकेट बोर्ड निलम्बन रहेका देशहरुमा प्रतियोगिता सञ्चालनका लागि आइसीसीको अनुमति […]

December 14, 2017

नेपालको म्यानमार विरुद्धको विशाल जितका केही रोचक तथ्य

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको हो । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो । यस जितसँगै नेपाल सेमिफ़ाइनलमा पनि प्रवेश गरेको […]

December 14, 2017

क्रिकेट खेलाडी पृथुसहित डेजाभूका ८ जना पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ पर्नेमा क्रिकेट खेलाडी पृथु बास्कोटा पनि छन् ।  आज पक्राउ पर्नेमा क्लबका सञ्चालक पृथुसहित जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र इभेन्ट म्यानजमेन्ट कम्पनी केटिएम लाइभका रितेश […]

December 14, 2017

नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो ।   नारायण जोशी र मेख बहादुरसेन थापाले […]

December 14, 2017

म्यानमारविरुद्ध नेपालले बनायो ३ सय ५० रन, कप्तान रितको शतक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमारविरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा […]

December 14, 2017

म्यानमारविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणअन्तर्गत अन्तिम खेलमा आज म्यानमारको सामना गर्दै छ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ । सुरुआती दुई खेल जित्दै नेपाल सेमिफाइनल पुग्ने पहिलो टोली बनिसकेको छ । नेपालका लागि म्यानमार कमजोर प्रतिद्वन्दिका रुपमा हेरिएको छ । समूह ‘ए’मा नेपालले दुवै […]

December 13, 2017

श्रीलंका भारतसँग १ सय ४१ रनले पराजित

मोहाली (एजेन्सी) – भारतले दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई १ सय ४१ रनले पराजित गरेको छ । यस जितसँगै भारतले ३ खेलको सिरिजलाई १-१ को बराबरीमा ल्याएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९२ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले २ सय ८ रनको […]

December 13, 2017

ललितपुर प्याट्रियट्सले सार्वजनिक गर्‍यो तीन विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टोली ललितपुर प्याट्रियट्सले आफ्नो टिमबाट खेल्ने तीन विदेशी खेलाडीको नामवली सार्वजनिक गरेको छ । लिग आयोजक इपीएल प्राइभेट लिमिटेडले प्रत्येक टोलीमा ३ जना विदेशी खेलाडी अनिवार्य गरेको थियो । प्याट्रियट्सले बुधबार विदेशी खेलाडीको रुपमा दिल्ली डेयरडेबिल्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका योगेश नगरसहित दिल्लीकै सुबोध कुमार […]

December 13, 2017

रोहित शर्माले बनाए आफ्नो एक दिवसीय करियरको तेस्रो दोहोरो शतक

मोहाली (एजेन्सी) – भारतीय ओपनर रोहित शर्माले श्रीलंका विरुद्धको दोस्रो एक दिवसीय खेलमा दोहोरो शतक बनाएका छन् । २ सय ८ रन बनाएका रोहितको एक दिवसीय करियरमा यो तेस्रो दोहोरो शतक हो । एक दिवसीय क्रिकेटमा दोहोरो शतक बनाउन सफल रोहितसहित केवल ५ खेलाडि पर्छन् – सचिन तेन्डुल्कर, विरेन्द्र सेहवाग, क्रिस गेल र मार्टिन गप्टिल […]

Success

Thank you for your time.