December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स एलाभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । काठमाडौको दोस्रो ओभरमा नै विकेट गएको थियो […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आज कीर्तिपुरस्थित विश्वविद्यालयको मैदानमा आज सुरु भएको छ । पहिलो खेल काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीच भइरहेको छ । ललितपुरले टस जितेर काठमाडौं किङ्स इलाभेनका ब्याटिङको निम्तो दिएको छ । श्रीलंकाका पूर्व खेलाडी परवेज महरुफको कप्तीनमा काठमाडौं किङ्स उर्तेको छ । […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली विराटनगर वारियर्सले टिमको कप्तानमा राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई नियुक्त गर्दै टिमको घोषणा गरेको छ । विराटनगर वारियर्सले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारसको कप्तानीम उप–कप्तान वसन्त रेग्मी र हङकङका तीन खेलाडी अन्सुमान रथसहित १५ सदस्यीय टिमको घोषणा गरेको हो । पारस र वसन्तसँगै […]
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– भारतले श्रीलंकाविरुद्धको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । अन्तिम तथा निर्णायक खेलमा आज श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले श्रृखंलामाथि कब्जा जमाएको हो । २ सय १६ रनको लक्ष्य पछ्याएको भारतका लागि ओपनर शिखर धवनले अविजित शतकको शानदार इनिङ खेलेपछि जित सहज भएको थियो । भारतले १७ भन्दा बढी ओभर […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट राजधानीमा सुरु हुदैछ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै इपिएलको ट्रफी सार्वजनिक गरेको छ । ट्रफी इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर, सहभागी ६ टोलीका र मालिकले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । तस्बिरहरु विविके सुवेदी/ हाम्रो खेलकुद […]
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– श्रीलंकाले तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेलमा भारतलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निमन्त्रणा दिएको थियो । श्रीलंकाले उत्कृष्ट सुरुआत गरेपनि अन्तिमसम्म उच्च प्रदर्शनलाई निरन्तरता दिन सकेन । श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन जोड्यो […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको च्याम्पियन बनेको छ । थाइल्यान्डमा आज सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई नेपाली बलरले ३१.५ ओभरमा अलआउट गर्दै १ सय १२ रनमा रोकेको थियो […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा जारी एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई १ सय ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले अर्धशतक […]
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– भारत र श्रीलंकाबीचको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो । अघिल्ला दुई खेलमा लयमा देखिएका एन्जलो म्याथुज श्रीलंकाका लागि महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले सोमबार बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि तीन भारतीय खेलाडी टोलीमा समावेश गरेको छ । ६ टोलीको सहभागितामा इपिएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुँदैछ । तस्बिरहरु : विवेक सुवेदी /हाम्रो खेलकुद चितवन टाइगर्सले आज पत्रकार सम्मेलन गर्दै ३ भारतीयसहित १४ खेलाडीको नाम सर्वजनिक गरेको […]