default_image

क्रिकेट

July 20, 2017

अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गतको तेश्रो खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अफगानिस्तानले ४९.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ९० रन जोडेको हो। टस जितेर नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो। तर अफगानिस्तानका ओपनरहरुले सम्हालिएर खेल्दै […]

July 20, 2017

नेपालले अफगानिस्तानविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत अफगानिस्तान विरुद्ध हुन लागेको तेश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाली टोलीले यस खेलका लागि मलेसिया विरुद्ध खेलेकै ११ खेलाडी उतारेको छ। नेपाल अंक तालिकामा ४ अंक बोकेर दोश्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको अफगानिस्तानको पनि ४ अंक छ तर अफगानी टोलीको रन रेट […]

July 19, 2017

‘अफगानिस्तानसँग निडर भएर खेल्नेछौँ’ – प्रशिक्षक बिनोद दास

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपाली टोलीले भोलि तेश्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ। भोलीको खेल जारी प्रतियोगितामा सुरुवाती २ खेल जितेका अफगानिस्तान र नेपालबीच अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लडाईं पनि हो। खेलको पूर्वसन्ध्यामा नेपाली टोलीका प्रशिक्षक बिनोद दासले नेपाली टोली अफगानिस्तान विरुद्ध निडर भएर मैदानमा उत्रने बताएका […]

nepal

July 19, 2017

विश्वकप छनोटमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत बिहिबार हुने खेलमा नेपाल र अफगानिस्तान भिड्दैछन्। दुवै टोलीले आफ्नो पहिलो दुई खेलमा जित आत्मसात गर्दै अंक तालिकामा समान ४/४ अंक जोडेका छन्। तर अफगानिस्तानको +५.०३५ नेट रन रेटको तुलनामा नेपालको +३.७३९ कम भएकाले अफगानिस्तान शीर्षस्थानमा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक टोली […]

July 18, 2017

‘ब्याटिङ राम्रो भए अफगानिस्तान दबाबमा पर्छ’ – प्रशिक्षक दास

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीले आइसीसी यू१९ विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत पहिलो दुई खेलमा जित दर्ता गरेको छ। नेपालले पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ विकेट र दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो। नेपालको दोश्रो जितपछि प्रशिक्षक बिनोद दासले केहि प्रश्नको जवाफ यसरी दिएका छन्। आजको जितलाई कसरी लिनुभएको […]

July 18, 2017

सिंगापुरमा नेपालको लगातार दोस्रो जित [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गतको दोश्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै  ९.५ ओभरमा पुरा गरेको थियो । खेलको म्याच रिपोर्ट यहाँ थिच्नुहोस् टोलीका व्यवस्थापक एवं टेक्निकल एनलिस्ट रमण सिवाकोटीद्वारा खिचिएको खेलको फोटोहरु:

July 18, 2017

नेपालले मलेसियालाई ५ विकेटले हरायो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको दोश्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै  ९.५ ओभरमा पुरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक २३ रनको योगदान दिए भने प्रनित थापा मगर १८ रनमा अविजित रहे। आसिफले २० बल खेल्दै ५ […]

July 18, 2017

मलेसियाद्वारा नेपाललाई ५९ रनको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको दोश्रो खेलमा मलेसियाले नेपाललाई ५९ रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया सानो स्कोरमा समेटिएको थियो। मलेसियाले २५.५ ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्र जोड्न सक्यो। ओपनर मोहमद अमिर शुकोरलाई पहिलो ओभरमै शुन्यमा गुमाएको मलेसियाले दोश्रो विकेट भने […]

July 18, 2017

नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत मलेसिया विरुद्ध हुन लागेको दोश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो। नेपाल अंक तालिकामा २ अंक बोकेर दोश्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको अफगानिस्तानको पनि २ अंक छ तर मलेसिया विरुद्ध ८ विकेटको जित दर्ता गरेको […]

July 17, 2017

कप्तान सन्दिप म्यान अफ द म्याच; क्लार्कले गरे प्रशंसा

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई २९ ओभरमा ७३ रनको सानो योगफलमा अलआउट गर्न सफल रहेको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ७४ रनको लक्ष्य ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो। […]

Success

Thank you for your time.