default_image

क्रिकेट

Khan

August 30, 2017

पाकिस्तानका ब्याट्सम्यान शर्जीललाई ५ वर्ष प्रतिबन्ध

कराँची (एजेन्सी)– पाकिस्तानका ब्याट्सम्यान शर्जील खानलाई स्पट फिक्सिङको आरोपमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले ५ वर्ष प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा लामो समयदेखि अनुसन्धान गर्दै गरेको बोर्डले सर्जीललाई २ वर्ष ६ महिना कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने निर्देशन दिएको छ । त्यस्तै बाँकीको समय पिसीबिले उनीमाथि नजिकबाट निगरानी गर्नेछ । […]

August 30, 2017

श्रीलंकन क्रिकेटमा एकपछि अर्को समस्या, छनोट समितिले राजीनामा दियो

कोलम्बो (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय श्रृखंला नसकिदै श्रीलंकाको खेलाडी छनोट समितिले राजीनामा दिएको छ । टेस्ट क्रिकेटमा ३–० ले ह्वाइटवास भएपछि श्रीलंका जारी एक दिवसयि श्रृखंलामा ३–० ले पछि परिसकेको छ । आइतबारको हारपछि आक्रोषित दर्शकले मैदानमा बोटल समेत फालेका थिए । ‘हामीले राजीनामा दिने निर्णय गरेका छौं,’ छनोट समितिका प्रमुख एवंम् श्रीलंकाका पूर्व […]

Epl

August 30, 2017

ईपिएल र एपीवानबीच तीन वर्षे सम्झौता: वार्षिक १ करोड दिने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटको सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको एपिवान टेलिभिजनले तीनवर्षसम्म प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।फ्रेन्चाइज र अक्सनका आधारमा आगामी डिसेम्बरमा आयोजना हुने इपिएल र एपिवान टेलिभिजनबीच बुधबार प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता अनुसार इपिएललाई एपीवानले हरेक वर्ष १ करोडको दरले तीनवर्षसम्म ३ […]

August 30, 2017

टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको जित

ढाका (एजेन्सी)– बंगलादेशले पहिलो टेस्टमा आज अस्ट्रेलियालाई २० रनले हराएको छ । दोस्रो इनिङमा २ सय ६५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली अस्ट्रेलिया सबै विकेट गुमाउँदै २ सय ४४ रनमा समेटिएपछि बंगलादेश २० रनले विजयी भएको हो । टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो जित हो । दुई टेस्टको श्रृखंलामा बंगलादेशले १–० को अग्रता लिएको […]

Sahi hope

August 30, 2017

वेस्ट इन्जिजसँग इङ्ल्यान्ड ५ विकेटले पराजित

लिड्स ( एजेन्सी)–वेस्ट इन्डिजले मंगलबार घरलु टोली इङ्ल्यान्डलाई दोस्रो टेस्टमा ५ विकेटले हराएको छ । इङ्ल्यान्डमा वेस्ट इन्डिजको झन्डै १७ वर्षयता पहिलो जित हो । पाहुना टोलीको जितमा साइ होप नायक बनेका हुन् । चौथो इनिङमा ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । पहिले इनिङ्समा २ सय […]

August 29, 2017

नेपाली राइनोजले अमेरिकामा डिपिएल खेल्ने

सुरज भण्डारी डलास (टेक्सस)– नेपाली राइनोज क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर (डिपिएलं लिग खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो । नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व गरिसकेका र गरिरहेका प्रतिष्ठित […]

August 28, 2017

ब्याटिङ प्रशिक्षक देशाई नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा अर्को हुने एसीसी यू–१९ एसिया कप छनोटको तयारीमा रहेको नेपाली युवा क्रिकेट टोलीको ब्याटिङ सुधार गर्न ब्याटिङ प्रशिक्षण मोन्टी देशाई नेपाल आइपुगेका छन् । गत महिना सिंगापुरमा आयोजना भएको यू–१९ विश्वकप छनोटमा नेपाली टोलीले खराब ब्याटिङ गरेपछि नेपालले ब्याटिङ प्रशिक्षक देशाइलाई बोलाएको हो । सोही निमन्त्रणालाई स्वीकार गर्दै देशाई नेपाली […]

Dambulla

August 28, 2017

श्रीलंकन समर्थकका कारण खेल रोकियो

केन्डी (एजेन्सी)– भारत र श्रीलंकाबीच आइतबार भएको तेस्रो एक दिवसीय खेलमा श्रीलंकन क्रिकेट समर्थकले मैदानमा बोतल फ्यालेर तनाब सिर्जना गरेपछि खेल करिब ३० मिनेट स्थगित भएको थियो । दोस्रो इनिङ्समा भारत जित तर्फ अघि बढ्दै गर्दा ४४ औं ओभरमा समर्थकहरुले मैदानमा बोतल फाल्न सुरु गरेका थिए । उनीहरुले फालेको बोतल खेलाडी नजिक पुग्दा श्रीलंकाका फिल्डरहरु […]

india

August 27, 2017

भारतलाई श्रृखंला , श्रीलंकाको लगातार तेस्रो हार

केन्डी (एजेन्सी) – भारतले दुई खेलअघि नै श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको उपाधि जितेको छ । आज भएको तेस्रो खेलमा घरेलु टोलील ६ विकेटले पराजित हुँदै श्रृखंलामा ३–० ले पछाडि परेको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले ९ विकेट गुमाउदै २ सय १७ रन बनाएको थियो । जवाफमा भारतले ४ विकेटको […]

August 27, 2017

यू १९ क्रिकेट टोलीको घोषणा, सन्दीपको ठाँउमा दीपेन्द्र कप्तान

काठमाडौं ( हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले पूर्वी एसिया स्तरीय एसीसी यू–१९ क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि यू १९ को कप्तानी सन्दीप लामिछानेले गर्दै आएका थिए ।   पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । […]

Success

Thank you for your time.