default_image

क्रिकेट

January 28, 2025

वरुणको ५ विकेटमा इङ्ग्ल्याण्डको मध्यम योगफल

एजेन्सी – वरुण चक्रवर्तीको ५ विकेट लिएपछि घरेलु टोली भारतविरुद्धको तेस्रो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले मध्यम योगफल तयार गरेको छ । जारी खेलमा भारतले इङ्ग्ल्याण्डबाट १ सय ७२ रनको लक्ष्य पाएको छ । भारत ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० ले अघि छ । भारतको राजकोटमा रहेको सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको […]

January 28, 2025

महिला त्रिकोणात्मक सिरिजमा प्रवेश निःशुल्क

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि मैदान प्रवेशका लागि कुनै शुल्क नलाग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार सिरिजका खेल हेर्न मैदान प्रवेशमा निःशुल्क गरिएको जनाएको छ । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवार सुरु हुनेछ । सिरिजमा सहभागी रहने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको […]

January 28, 2025

क्रिकेटर अनिल अप्टिमसको ब्राण्ड एम्बासडर

काठमाडौं(हाम्रो खेलकुद) – शैक्षिक परामर्शदाता अप्टिमस ग्लोबलले नेपाली क्रिकेट टोलीका ओपनर अनिल कुमार साहलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । काठमाडौंमा मंगलवार कार्यक्रम आयोजना गर्दै अप्टिमस ग्लोबलले अनिललाई ३ वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असिम शर्मा मैनाली र अनिलले सम्झौता पत्रमा हस्ताक्षर गरे । अनिल नेपाल प्रिमियर लिग […]

January 28, 2025

जय नेपाल कप – दिवानको अलराउण्ड प्रदर्शनमा मध्यपश्चिम च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दिवान पुनको अलराउण्ड प्रदर्शनमा मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप टि ट्वान्टी क्रिकेटको उपाधि‌ जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलवार भएको फाइनलमा नेपालको मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रन हराउँदै उपाधि जित्यो । म १ सय ७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन […]

January 28, 2025

कुशल सम्मिलित डेजर्ट पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) मा टि ट्वान्टी हार बेहोरेको छ । डेजर्ट सोमवार एमआई इमिरेट्ससँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको हो । डेजर्टले ८ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । २ सय २९ रनको लक्ष्य पछ्याएको डेजर्ट १२.३ ओभरमा ७४ […]

January 27, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ उपाधिका लागि खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयबीच जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। सोमवार भएको दुवै सेमिफाइनल खेल जित्दै मध्यपश्चिम विश्वविद्यालय र लखनउले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा लखनउले बंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित टियु मैदानमा ढाकाले दिएको १ सय ८० रनको […]

January 27, 2025

बर्खा स्मृति क्रिकेट – गौरादह र कचनकवल क्वार्टरफाइनलमा

हिमाल खरेल, बिर्तामोड बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित […]

January 27, 2025

रूपन्देही ‘ए’ सुपरलिगमा खुकुरीको जित

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले प्रोफेसनल मास्टर्स–११ माथि जित निकालेको छ । लुम्बिनी खुकुरीले सोमवार प्रोफेसनललाई १ सय १८ रनको फराकिलो रनमा हराएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो […]

January 27, 2025

नेपालमा खेल्ने थाइल्याण्डको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालकाे घरेलु मैदानमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवारबाट सुरु हुँदैछ । त्रिकोणात्मक सिरिजमा नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्सको महिला टोलीको सहभागिता रहनेछ । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका दिन […]

January 27, 2025

दीपेन्द्र सम्मिलित गल्फको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतवार भएको खेलमा गल्फले सारजहा वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । गल्फले सातौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ७२ रनको लक्ष्य गल्फले निर्धारित […]

Success

Thank you for your time.