default_image

क्रिकेट

March 14, 2018

डिपिएल–२ लाई आइसीसीको मान्यता

काठमाडौं (हाम्रो खेलकुद)– धनगढी प्रिमियर लिग (डिपिएल)–२ ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट मान्यता पाएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बुधबार एक विज्ञप्ति जारी गर्दै आइसीसीबाट मान्यता पाएको उल्लेख गरेको छ । आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर सिलिभ हिट्जककले पठाएको पत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई रुस्लान डीपीएल–२ लाई आइसीसीको मान्यता रहेको […]

March 13, 2018

कसमस र टियु सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र त्रिभुवन विश्व विद्यालय (टियु) राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कसमसले न्यु समिट कलेजलाई तथा टियुले क्यारिबियन कलेजलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा कसमसले […]

March 12, 2018

रोहित र सोमपालको साझेदारीमा नेपाल विजयी, अब एकदिवसीय मान्यताको आशा

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको छ । यो जित प्रतियोगितामा नेपालको पहिलो जित पनि हो । नेपालको विश्वकप खेल्ने सम्भावना टुङिए पनि एकदिवसीय मान्यताको सम्भावनाको ढोका भने खुलेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ औं ओभरमा सो लक्ष्य पुरा […]

March 12, 2018

टियु ‘ए’ र गोल्डेनगेट क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्व विद्यालयको ‘ए’ टोली र गोल्डेनगेट कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । टियु ‘ए’ समूह ‘ए’ बाट र गोल्डेगेट कलेज समूह ‘बी’ बाट अन्तिम आठमा पुग्न सफल भएका हुन् । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’ […]

March 12, 2018

हङकङ १ सय ५३ रनमै समेटियो, सन्दिपको ३ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडे । उनलाई ललित राजवंशीले आउट गरेका थिए […]

March 12, 2018

टस हारेको नेपाललाई पहिले बलिङको निम्तो, यस्तो छ सुपर सिक्स सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । टस हारेको नेपालले पहिले बलिङको निम्तो पाएको छ ।   नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित […]

March 12, 2018

महत्त्वपूर्ण खेलमा नेपालले हङकङको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले […]

March 11, 2018

शंकरदेव र कसमस क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता शंकरदेव कलेज र कसमस कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा शंकरदेवले युनिग्लोब कलेजमाथि ६५ रनको जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । शंकरदेवले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको […]

March 10, 2018

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ मा नेपालले आफ्नो तेस्रो लगातार हार बेहोरेको छ । आजको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । यस जितसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले सो लक्ष्य ३८ ओभर ४ बलमै पुरा गर्न सफल […]

Xtep man of the match

March 10, 2018

क्यारिविन र जनता कलेज क्वार्टर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्यारिविन कलेज र जनता कलेजले राजधानीमा जारी दोस्रो सस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार क्यारिविन कलेजले के एण्ड के कलेजमाथि ९ विकेटको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट न्यु समिट कलेजले यसअघि नै अन्तिम आठमा स्थान बनाइसकेका छन् । अब […]

Success

Thank you for your time.