default_image

क्रिकेट

April 4, 2018

पारसको विराटनगरलाई पहिलो सफलता

धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका कप्तानसमेत पारस खड्काको कप्तानीमा रहेको विरानगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा पहिलो जित निकालेको छ । अञ्चल प्रहरी कार्यालय एसएसपी मैदानमा बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो । विराटनगर आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको थियो […]

April 4, 2018

रुपन्देही १ सय ८२ रनको लक्ष्य पछ्याउदै

धनगढी (हाम्रो खेलकुद) – लगातार दुई खेलमा पराजय भोगिसकेको रुपन्देही च्यालेन्जर्सले आफ्नो तेस्रो खेलमा जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य प्राप्त गरेको छ । विराटनगर किङ्सले हङकङका कप्तानसमेत रहेका बाबर हायातले अर्धशतक पुरा गरेपछि बुधबारको पहिलो खेलमा पहिले विराटनगर किङ्सले रुपन्देहीविरुद्ध १ सय ८१ रन बनाएको छ । टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले […]

April 3, 2018

नेपालगन्ज कपको टिम अक्सन – जीसान बांके ब्लास्टर सबैभन्दा महंगो टोली

नेपालगन्ज (हाम्रो खेलकुद)– झन्डै दुई वर्षयता नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को प्रतिबन्ध छ । यहि बीचमा नेपाल एक दिवसिय राष्ट्रको मान्यता पाउन सफल भएको छ । झन्डै दुई वर्ष सिमित प्रतियोगिताबाहेक क्रिकेटको घरेलु संरचना लगभग शुन्यकै अवस्थामा छ । तर, यहि बीचमा यस्ता प्रतियोगिता भएका छन्, […]

April 3, 2018

डिपिएल–२ मा चौराहाको दोस्रो जित: महेन्द्रनगर ८ विकेटले पराजित

धनगढी (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को  लिग चरण अन्तर्गत मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै टिम चौराहा धनगढीले दोस्रो जित निकालेको छ । खेलमा चौराहाका लागि ४ विकेट लिएका ललितसिंह भण्डारी खेलको म्यान अफ दि म्याच घोषित  हुँदै नगद रु १० हजार […]

April 3, 2018

धनगढीलाई १ सय ३२ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा मंगलबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले टिम चौराहा धनगढीलाई १ सय ३२ रनको विजयी लक्ष्य दिएको छ । अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल तयार पारेको […]

April 2, 2018

काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद)– काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा लगातार दोस्रो जित हासिल गरेको छ । काठमाडौंले सोमबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स ६३ रनले हराएको छ । रुपन्देहीको लगातार यो दोस्रो हार हो । टोली आइतबार सिवाईसी अत्तरियासँग ९ विकेटले पराजित भएको थियो । काठमाडौंले पहिलो खेलमा धनगढी टिम चौराहामाथि जित दर्ता […]

April 2, 2018

रुस्लान डिपिएल २ – धनगढीको पहिलो जित

धनगढी (हाम्रो खेलकुद) – सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सोमबार सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ । १ सय ५१ रनको लक्ष्य पछ्याएको धनगढीले ७ विकेट गुमाएर ४ बलअघि आवश्यक रन बटुलेको थियो ।   दोस्रो खेलमा साविक विजेता धनगढीको यो पहिलो जित हो । पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग […]

April 1, 2018

नेप्लिज क्यानेडियन क्रिकेट क्लब गठन, ब्राहम्पटन लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज क्यानेडियन क्रिकेट क्लबले ब्राहम्पटन क्रिकेट लिग खेल्ने भएको छ । ग्रेटर टोरोन्टो, क्यानाडामा २०१७ मा गठन भएको नेप्लिज क्लब, पहिलो नेपाली क्रिकेट क्लब हो । आइतबार नेपाली समुदाय को बृहत बेलामार्फत क्लब सार्वजनिक गरएको हो । क्लबका अध्यक्ष इमरान खानले आउने दिनमा राष्ट्रिय खेलाडी उत्पादनको प्रयास गरिने बताए । उनले […]

April 1, 2018

पारसको टोली पराजित, महेन्द्रनगर युनाइटेडको जित

धनगढी (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सले हारबाट रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ को यात्रा सुरु गरेको छ । एएफसी मैदानमा आइतबार भएको दोस्रो खेलमा विराटनगर विनोद भण्डारीको कप्तानमा रहेको महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा सबै विकेट […]

April 1, 2018

रुस्लान डिपिएल २– सिवाइसी अत्तरियाको सहज जित

धनगढी (हाम्रो खेलकुद)– सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा विजयी सुरुआत गरेको छ । रुपन्देही च्यालेन्जर्सलाई आइतबार ९ विकेटको सहज जित हात पार्दै अत्तरियाले सुखद सुरुआत गरेको हो । एसएसपी मैदानमा ६२ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले ७.३ ओभरमा १ विकेटको क्षतिमा ६५ रन जाडेर सहज जित हासिल गरेको थियो । चोटमुक्त […]

Success

Thank you for your time.