default_image

क्रिकेट

April 9, 2018

राजस्थानविरुद्ध हैदरावादको सहज जित

हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो । दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय […]

April 9, 2018

नेपालगन्ज कप क्रिकेट– ६ टोलीका प्रशिक्षक नियुक्त

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने नेपालगन्ज कप क्रिकेटका सहभागी ६ टोलीका प्रशिक्षकको नाम सोमबार सार्वजनिक गरिएको छ । प्रदेश नम्बर ५ मा पहिलो पटक आयोजना हुने नेपालगन्ज कप सोमबार सुरु हुने भएको छ । लामो समय देखि प्रशिक्षणमा रहँदै आएका राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दीपेन्द्र प्रताप सिंह एयाब्रोल लुम्बिनी यात्रीजका प्रशिक्षक नियुक्त भएका […]

April 9, 2018

रुस्लान डिपिएल २ – काठमाडौं र धनगढीबीचको विजेता सोझै फाइनल पुग्ने

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को प्ले अफका खेलहरु मंगलबार हुँदैछन् । संघीय प्रहरी इकाई कार्यालय धनगढीको क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टोली टिम चौराहा धनगढीबीच हुनेछ । इलिमिनेटरमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको खेलको विजेता […]

Sunil Narine

April 9, 2018

कोलकाताको आइपिएलमा विजयी सुरुआत, बेङ्गलोर पराजित

कोलकाता (एजेन्सी) – सुनिल नारिनको अल राउण्ड प्रदर्शनको मद्दतले कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर बलिङ रोजेको कोलकाताले पाएको १ सय ७७ रनको लक्ष्य ६ विकेट गुमाउँदै १८.५ ओभरमा पुरा गर्यो।  १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाताका लागि सुनिलले विष्फोटक सुरुआत दिलाए। १९ बलको सामना गर्दै ५० रन बनाएका सुनिल खेलको म्यान अफ […]

rahul

April 8, 2018

दिल्ली डेयरडेभिल्स पराजित, सन्दीपले मौका पाएनन्

मोहाली (एजेन्सी) – किङ्स ११ पञ्जाबले घरेलु मैदानमा भएको खेलमा दिल्ली डेयरडेभिल्स विरुद्ध सहज जित निकालेको छ। १ सय ६७ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई केएल राहुलले विष्फोटक सुरुआत दिलाएपछि पञ्जाबले ६ विकेटको सहज जित निकाल्यो। यस खेलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले खेल्ने अवसर पाएनन्।  टस जितेर बलिङ गर्ने निर्णय गरेको पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। १६ बलमा […]

April 8, 2018

शक्तिको रुपन्देही र पारसको विराटनगर डिपिएलबाट बाहिरीए

धनगढी (हाम्रो खेलकुद) – दोस्रो धनगढी प्रिमियर लिग  (डिपिएल) अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलको समापनसंगै प्लेअफमा पुग्ने अन्तिम ४ टोलीको टुंगो लागेको छ।   ६ टोली सम्मिलित डिपिएल २ बाट तलका दुइ टोली शक्ति गौचनको रुपन्देही च्यालेंजर्स र पारस खड्काको विराटनगर किङ्स प्रतियोगिताबाटै बाहिरिएका छन्। प्रतियोगितामा पाँच मध्य २ खेलमा जित हात पारेको विराटनगर […]

rahul

April 8, 2018

दिल्ली विरुद्ध केएल राहुलको कीर्तिमान

मोहाली (एजेन्सी) – जारी भिभो आइपिएलमा किङ्स ११ पञ्जाबका केएल राहुलले दिल्ली डेयरडेभिल्स विरुद्द सबै भन्दा थोरै बलको सामना गर्दै अर्धशतक बनाउँदै कीर्तिमान रचेका छन्। टस जितेर बलिङ गरेको पञ्जाबका लागि राहुलले १ सय ६७ रनको लक्ष पछ्याउने क्रममा १४ बलमा अर्धशतक बनाएका हुन्। उनले ६ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। यसअघि कोलकाता नाइट […]

April 8, 2018

सिवाइसी अत्तरिया डिपिएलको प्ले अफमा: विराटनगर किङ्स बाहिरियो

धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरिया रुस्लान डिपिएल –२ को प्ले अफमा पुग्ने चौथो टोली बनेको छ ।  आइतबार भएको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाले विराटनगरलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले प्ले अफमा स्थान बनाइसकेको थियो । अत्तरियाका लागि १३ […]

April 8, 2018

अत्तरियालाई ६ ओभरमा ५६ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले जितका लागि ६ ओभरमा लक्ष्य ५६ रनको पाएको छ । वर्षाले प्रभावित बनेको खेल ६ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ३ विकेट गुमाएर ५५ रन बनायो । एसएसपी क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार शाह १५ रनमा आउट भए । […]

April 8, 2018

वर्षाले प्रभावित विराटनगर र अत्तरियाको खेल ६ ओभरको हुने

धनगढी (हाम्रो खेलकुद) – वर्षाले प्रभावित बनेको विराटनगर किङ्स र सिवाइसी अत्तरियाबीचको खेल ६ ओभरको हुने भएको छ आइतबार बिहानै परेको वर्षाले मैदान भिजाएपछि मैदान सुक्न ढिला भएक कारण खेल ६ ओभरमा झारिएको हो। खेल ३ः३० बजेपछि शुरु हुनेछ ।  टस जितेको  अत्तरियाले फिल्डिंग रोजेको  छ । यो खेल दुवै टोलीको लागि ‘गर या मर’ को […]

Success

Thank you for your time.