default_image

क्रिकेट

September 10, 2018

सन्दीपले एपीएलमा नङराहारबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल)को खेलाडी ड्राफ्टमा मा छनोट भएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ । उनलाई नङराहार टोलीले छनोट गरेको हो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । […]

September 10, 2018

युवा क्रिकेट टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली यु–१९ टोली आज भारतको लखनउ प्रस्थान गरेको छ ।  नेपाली यु–१९ टोली सोमबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको लखनउ प्रस्थान गरेको हो । १५ सदस्यीय खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र टिम म्यानेजर गरी १८ सदस्यीय टोली भारत प्रस्थान गरेको हो । भारतीय क्रिकेट बोर्ड […]

September 9, 2018

चितवन टाइगर्समा दुई विदेशी खेलाडीअनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताका लागि टिममा दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । चितवन टाइगर्सले इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई आइतबार क्लबमा अनुबन्ध गरेको हो । इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर […]

Bimal Goal vs Bangladesh

September 9, 2018

‘सिमित श्रोतमा फुटबल टोलीको राम्रो प्रदर्शन’ – क्रिकेटर वसन्त

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा आयोजकलाई २-० ले पराजित गर्दै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो। साफ च्याम्पियनसिपमा नेपाली टोलीले पर्याप्त तयारी र श्रोतविना पनि राम्रो प्रदर्शन गरेको क्रिकेटर वसन्त रेग्मीले बताए।  खेलपछि हाम्रो खेलकुदसँग वसन्तले भने, “मैले नेपाली टोलीको खेल हेरे, नतिजा सकारात्मक आयो। खेलाडीहरुले निकै मेहेनत गरेको […]

September 8, 2018

टि-ट्वान्टी विश्वकप छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – ट्वान्टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने सातौं संस्करणको टि ट्वान्टी विश्वकपको छनोटमा नेपालले पूर्वी छनोट खेल्दैछ । उक्त समूहमा नेपालसहित मलेसिया, भुटान, म्यानमार, चीन, सिंगापुर, र थाइल्याण्ड छन् । छनोटबाट शीर्ष ३ टोली छनोटको अर्को चरणमा प्रवेश गनेछन् । एसियाली छनोटको […]

September 8, 2018

पहिलो दिन भारत बलियो स्थितिमा

लन्डन (एजेन्सी) – अन्तिम टेस्ट खेलिरहेका इंग्ल्यान्डका ओपनर एलेस्टर कुकले अर्धशतक बनाएपनि भारतले पाँचौ टेस्टको पहिलो दिन खेलमा पकड जमाएको छ । पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड १९८-७ को स्थितिमा छ । इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको थियो । टेस्ट क्रिकेटबाट सन्न्यास लिने तरखरमा रहेका ओपनर कुकले १ सय ९० बलमा ७१ रन जोडेपनि […]

September 7, 2018

भारत टुरका लागि यू-१९ राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना भारतको लखनाउमा हुने यू-१९ मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू-१९ एसिया कपका लागि यो प्रतियोगिता तयारीको रुपमा रहेको छ । आसिफ शेखको कप्तानीमा रहेको टोलीमा १५ सदस्य रहेका छन् । मैत्रीपूर्ण प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ […]

September 6, 2018

नेपाली क्रिकेट टोली भोलि स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि (शुक्रबार) स्वदेश फर्कने भएको छ । नेपाली क्रिकेट टोली मालिन्डो एयरलाइन्सबाट शुक्रबार अपरान्ह १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जनाएका छन् । नेपाली टिमसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कनेछन् । एसिया […]

September 4, 2018

एसिया कप छनोट : नेपाल हङकङसँग ३ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोटको अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल लिग चरणबाटै बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको हो । हङकङका लागि अंशुमन रथले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ३ चौका र १ छक्कासहित ५२ रन प्रहार गरे । किञ्चित शाहले ११ […]

September 4, 2018

नेपालको कमजोर ब्याटिङ, हङकङलाई जम्मा ९६ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले निकै खराब प्रदर्शन गरेको छ । नेपालले ३८ औं ओभरमा सबै विकेट गुमाउनुअघि ९५  रन मात्र जोड्न सक्यो । नेपालले इनिङसको पहिलो बलमा नै ओपनर सुवास खकुरेललाई गुमाएको थियो । उनी तनवीर अफजलको बलमा बोल्ड भए । त्यसपछि क्रिजमा आएका कप्तान […]

Success

Thank you for your time.